2026-06-28 07:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारमै नभएको मुलुक ‘वकान्डा’सँग अमेरिकाको व्यापारिक सम्बन्ध, यस्तो छ रहस्य

2019-12-24

पुस ८, एजेन्सी | संसारमै भौगोलिक अस्तित्व नरहेको मुलुक ‘वकान्डा’सँग अमेरिकाले व्यापारिक सम्बन्धबारे नीतिगत निर्णय गरेको छ | अमेरिकाको कृषि विभागले वकान्डालाई एक मुक्त व्यापार भागिदार देशका रुपमा सूचीबद्ध गरेको हो |


तर वकान्डा नाम गरेको देश भौगोलिक रुपमा संसारमै छैन | फिल्म निर्माण कम्पनी डिज्नी मार्वल युनिभर्सको फिल्म ‘ब्ल्याक प्यान्थर’ मा वकान्डा नाम गरेको एउटा काल्पनिक देश बनाएको छ | मुलुकलाई धर्तीको सबैभन्दा आधुनिक प्रविधियुक्त देशका रुपमा देखाइएको छ | फिल्ममा उक्त मुलुकलाई पूर्वी अफ्रिकी क्षेत्रमा रहेको चित्रण गरिएको छ | जसबाट ‘वकान्डा’को नाम आएको हो |

फिल्ममा काल्पनिक देशका रुपमा देखाइएको वकान्डालाई अमेरिकाको कृषि विभागले कसरी व्यापारिक सम्बन्धसँग जोड्दै निर्णय ग-यो भन्नेबारे सर्वत्र चासो बढेको छ | कृषि विभागका प्रवक्ताले परीक्षणका क्रममा भुलवस यस्तो गल्ती भएको बताएका छन् । उनले विभागकै कर्मचारीहरुले परीक्षणकै क्रममा बनाएको सूची अचानक सार्वजनिक हुन पुगेको बताएका छ |

अमेरिकी कृषि विभागले आफ्नो अनलाइनमा अमेरिका र वकान्डाबीच व्यापार हुने वस्तुहरुको नामसमेत सार्वजनिक गरेको छ |  हाँस, गधा, गाई जस्ता वस्तुलाई दुई देशबीचको व्यापारिक वस्तुका रुपमा उल्लेख गरिएको छ |  ‘अमेरिकाले अब काल्पनिक मुलुकसँग व्यापार युद्ध सुरु गरेछ ।’

त्यसपछि अमेरिकी कृषि विभागले वकान्डाको नाम सूचीबाट हटाएको छ  |

संसारमै नभएका मुलुकको नाम लिने गरेको घटनाहरु पहिले पनि हुने गरेका थिए | सन् २०१७ मा पोल्याण्डका तत्कालिन विदेशमन्त्री विटोल्ड वाज्जकोभ्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषदमा पोल्यान्डलाई सामेल गराउनका लागि विभिन्न मुलुकका प्रतिनिधिसँग आफूले छलफल गरेको बताएका थिए । यस क्रममा उनले बेलीज र सन एस्कोबारको समेत नाम लिएका थिए, जबकि ती मुलुक संसारमै छैनन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी