२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन मारिए अमेरिकाको हवाई आक्रमणमा सुलेमानी ?

२०७६, २२ पुष मंगलवार ०६:३३

पुस २२, एजेन्सी | इरानका अल कुड्द फोर्सका प्रमुख कासिम सुलेमानीलाई अमेरिकाले ड्रोन आक्रमणमा मारेपछि दुवै देशबीच तनाब उत्पन्न भएको छ | ३ जनवरीमा बगदाद विमानस्थल नजिकै उनलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा हमाला गरेको र पूर्ण तयारीका साथ् उनको हत्या गरेको गोप्य स्रोतले अमेरिकी मिडियालाई बताएको छ |

इरान समर्थित इराकी सैनिक समेत सवार रहेको दुईवटा गाडीको कार्केडमा उनी थिए | उनी केहि समय अगाडी इराक पुगेको बताइएको छ | सुरुमा अमेरिकी सेनाको हेलिकोप्टरमार्फत् इराकमा उक्त हमला गरेको इराकी संचारमाध्यमले जनाएका छन् |

तर उक्त हमला मानवरहित एयरक्राफ्ट एमक्यू–९ रिपरमार्फत् गरिएको अमेरिकी मिडियाको दाबि छ | उक्त हवाई विमान प्रतिघण्टा ४८० किलोमिटरको गतिमा उडान भर्न सक्छ | अमेरिकाले अन्तर्राष्ट्रिय विमानस्थल नजिकै यो उपकरणको प्रयोग र यसले उक्त इलाकाको एयर ट्राफिकमा पार्ने सम्भावित खतराबारे अहिलेसम्म केही जानकारी दिएको छैन |

द न्यूयोर्क टाइम्सका अनुसार ड्रोनले दुई कारमाथि दुईवटा मिसाइल दागेको थियो र उक्त मिसाइल पूर्व निर्धारित लक्ष्यमा एयरपोर्टको कार्गो टर्मिनल नजिकै दागिएका थिए | अरबी  संचारमाध्यमहरुले भने हावाबाट धर्तीमा मार गर्ने यो मिसाइललाई युद्ध ट्याङ्क नष्ट गर्नका लागि बनाइएको र यसलाई हवाई जहाजबाट छोड्न सकिने बताइएको छ | अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार अमेरिकाले मध्य पूर्व क्षेत्रमा मात्रै नवौं पटक यस्तो प्रकारको मिसाइल प्रयोग गरेको हो |

किन गर्यो अमेरिकाले इरानमाथि हमला ?

अमेरिका र इराकबिच बढ्दै गएको तनाबका कारण हमला भएको छ भने हमाला पछि फेरी तनाब बढेको छ | गत हप्ता इराकको किरकुकमा भएको हमलामा एक अमेरिकी ठेकेदारको मृत्यु भएको थियो र चार सैनिक घाइते भएका थिए | त्यसको जिम्मेवारी सुलेमानी र इराक भएको अमेरिकाले बताएको थियो |

३१ डिसेम्बर बेलुकि इरान समर्थित सेनाले बगदाद स्थित अमेरिकी दूतावासलाई घेरेपछि उक्त हमलाको जवाफ दिने चेतावनी अमेरिकाले इराकलाई दियो | सन् २०१८ मा डोनल्ड ट्रम्पले इरानसँग परमाणु सम्झौता समाप्त गर्दै इराकमाथि प्रतिबन्ध लगाए  | जसले गर्दा इरानको अर्थतन्त्र कम्जोर हुन् पुग्यो र दुवै देशबिच तनाब बढ्दै गयो | गत जूनमा इरानले अमेरिकी ड्रोनलाई खसाल्ने बतायो त्यसपछि डोनल्ड ट्रम्पले हवाई हमलाको तयारी गरेका थिए |

साउदी अरबको तेल कम्पनी अरामकोमा भएको हमला इरानले गरेको भन्ने आरोप लाग्यो | र गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा इरानका अल कुड्द फोर्सका प्रमुख कासिम सुलेमानीको हत्या भयो |

उनी इरानका सबैभन्दा शक्तिशाली सैन्य र प्रभावशाली व्यक्ति थिए | मध्य पूर्वमा इरानको सैन्य ताकत र रणनीतिका लागि मात्रै होइन उनी युद्ध र शान्तिको मुद्दामा इरानका सच्चा चान्सलर पनि थिए | अमेरिकी मिडियाका अनुसार सुलेमानिको हत्या गर्ने सोच  बराक ओबामा र जर्ज डब्ल्यू बुशको सरकारले गरे पनि इरानसँग अमेरिका युद्ध नचाहने भन्दै उक्त सोच त्यागेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ