2026-06-28 08:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् ‘सबैभन्दा खतरनाक’ बलात्कारी ! यसरी गर्थे सिकार

पुष २२ (एजेन्सी) | यी हुन् रेन्हार्ड सिनागा, जसलाई एक सय ५९ वटा यौन अपराधमा दोषी ठहर गरिएको छ । यिनलाई ब्रिटेनका सबैभन्दा खतरनाक बलात्कारी भनिएको छ । यस अघि उनको परिचय गोप्य राखिए पनि उनीविरुद्ध चलिरहेको मुद्दाको सुनुवाइ समाप्त भएपछि सार्वजनिक गरिएको हो ।

यिनलाई ब्रिटेनको म्यान्चेस्टर सहरस्थित विभिन्न रात्रिकालीन मनोरञ्जनस्थलबाहिरबाट ४८ जना पुरुषलाई झुक्याएर आफ्नो निवासमा लगी, लट्ठिने औषधि खुवाई यौन आक्रमण गरेको र त्यसको भिडिओ खिचेको अभियोगमा दोषी ठहर गरिएको थियो । ३६ वर्षीय सिनागा इन्डोनेशियाका नागरिक हुन् । उनले पढाईमा स्नातकोत्तर समेत गरेका थिए। 

दावीलाई मान्ने हो भने यिनले कम्तीमा १९० जना पीडितलाई आक्रमण गरेको प्रमाण आफूसँग भएको प्रहरीको दावी छ । उनि बिरुद्धको मुद्दाको फैसला सुनाउँदै एक न्यायाधीशले सिनागालाई दिइने जन्मकैदको सजाय कम्तीमा पनि ३० वर्षको हुनुपर्ने बताएका छन्। 

यसअघि यिनका अन्य दुईवटा मुद्दामा दोषी ठहर गरि न्यूनतम २० वर्षका लागि जेल पठाइएको थियो । म्यान्चेस्टरमा बस्ने उनीविरुद्ध ४८ व्यक्तिलाई बलात्कार गरेको १३६ वटा अभियोग, बलात्कारको प्रयाससम्बन्धी आठ अभियोग, यौन आक्रमणको १४ अभियोगलगायतका कसुरमा चलाइएका चार भिन्न मुद्दामा दोषी ठहर गरिएको हो।

रेन्हार्ड सिनागाले नाइटक्लब र बारहरूबाट बाहिर निस्किने पुरुषहरूलाई कुरेर बस्ने अनि मदिरा पिउने वा ट्याक्सी बोलाइदिने जस्ता विभिन्न प्रलोभन वा प्रस्ताव गरेर आफ्नो निवासमा लैजाने गरेका थिए । उनले पीडितहरूलाई झुक्याएर लट्ठिने औषधि खुवाई अचेत अवस्थामा नै यौन आक्रमण गर्ने गरेका थिए। अधिकांश पीडितमलाई होसमा आउँदा आफूलाई के भएको थियो भन्ने सम्झना नै हुँदैनथ्यो ।

अदालतमा बयान दिने क्रममा पीडितहरूले आफूविरुद्ध भएको यौन आक्रमणले आफ्नो मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको र कतिपयले त आत्महत्या गरौँ कि भन्ने भाव पनि मनमा आउने गरेको बताएका थिए ।

ती बलात्कारीलाई सन् २०१७ को जुन महिनामा पक्राउ गरिएको थियो । उनले यौन आक्रमण गर्दैगर्दा एक पीडितको होस खुलेपछि उनले सिनागालाई पन्छाएर प्रहरीलाई उजुरी दिएका थिए । 

त्यसै उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरि फोन नियन्त्रणमा लिएर अनुसन्धान गर्दा प्रत्येक यौन आक्रमणको भिडिओ रेकर्ड गर्ने गरेको फेला परेको थियो । त्यसपछि ब्रिटेनको इतिहासमै सबैभन्दा ठूलो बलात्कारसम्बन्धी अनुसन्धान थालिएको थियो । 

उनि बिरुद्धको मुद्दाको सुनुवाइको क्रममा जुरीलाई सिकारको खोजीमा हिडेका उनको सीसीटीभ‌ी फुटेज समेत देखाइएको थियो । 

Photo: GREATER MANCHESTER POLICE

यता रेन्हार्ड सिनागाले भने आफूविरुद्ध लगाइएका सबै अभियोग अस्वीकार गरेका थिए । उनले सबै यौन क्रियाकलाप पारस्परिक सहमतिमै भएको र हरेक पुरुषले निदाएको जस्तो अभिनय गरेर आफूलाई भिडिओ खिच्न दिएको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी