2026-06-28 08:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानले लियो सुलेमानी हत्त्याको बदला :अमेरिकी एयरबेसमा दर्जनौ क्षेप्यास्त्र प्रहार

2020-01-08

पुस २३, एजेन्सी | इरानले इराकस्थित अमेरिकी एयरबेसमा  एक दर्जनभन्दा बढी बलिस्टक क्षेप्यास्त्र प्रहार  गरेकको छ | इराकमा तैनाथ अमेरिकी सेनाको कम्तिमा दुईवटा एयरबेस क्षेप्यास्त्र प्रहार भएको अमेरिकी रक्षा विभागले जनाएको छ |

इरानी संचार माध्यमका आनुसार अमेरिकी राष्ट्रपति डोनाल्डा ट्रम्पको निर्देशनमा भएको ड्रोन हमलामा मारिएका शीर्ष कमान्डर कासेम सुलेमानीको हत्याको बदलामा उक्त हमला गरिएको भन्दै जिम्मेवारी लिएको बताएको छ |

इर्बिल र अल असादमा रहेको दुईवटा बेसमा आक्रमण भएको अमेरिकाले जनाएको छ | क्षेप्यास्त्र आक्रमण के कस्तो क्षति भयो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन | यता, इरानको रिभोलुसनरी गार्डले सुलेमानीको हत्याको जवाफमा मिसाइल हमला गरेको बताएको छ |

इरानको राज्यद्वारा सञ्चालित आइआरएनए न्युज एजेन्सीद्वारा प्रशारित रिभोलुसनरी गार्डको वक्तव्यमा भनिएको छ,‘हामी ‘आतंकवादी सेनालाई’ बेस बनाउन दिएका सबै अमेरिकी सहयोगीहरुलाई चेतावनी दिन चाहन्छौँ, इरानविरुद्ध आक्रामक कार्यको सुरुवात गर्ने विन्दुको कुनै पनि क्षेत्रलाई निशाना बनाइनेछ,|'

सुलेमानीको अन्तेष्टिको केही घण्टापछि अल असादमा पहिलो क्षेप्यास्त्र हमला गरिएको थियो | त्यसको केही समयपछि नै इर्बिलमा पनि क्षेप्यास्त्र प्रहार गरिएको थियो | इराकमा अमेरिकाको करिब ५ हजार सेना रहेको छ | राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकबाट सेना हटाउन देशका लागि ठूलो नोक्सानी हुने बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी