2026-06-27 09:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानका राष्ट्रपतिले दिए अमेरिकालाई यस्तो चेतावनी

2020-01-10

पुस २५, एजेन्सी | इरानका राष्ट्रपति रुहानीले धम्की नदिन अमेरिकालाई चेतावनी दिएका छन् | अमेरिकाले इरानमाथि युक्रेनी विमान मिसाइल प्रहार गरि खसालेको आरोप लगाएपछि उनले उक्त चेतावनी दिंदै अमेरिकाले सन् १९८८ मा अमेरिकाले इरानी विमान खसालेको नबिर्सिएको बताएका हुन् | 

बुधबार इरानमा युक्रेनी विमान दुर्घटना भएको थियो | जसमा सवार १ सय ८० जना मध्ये ६३ जना  क्यानडाका नागरिक थिए | क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडेउले इरानले मिसाइल प्रहार गरेर खसालेको बताएका छन् | उक्त विमानलाई इरानले मिसायल प्रहार गरि खसालेको आरोप लागाएको छ | १९८८ मा इरानबाट दुबईका लागि उडेको विमान अमेरिकी नेभी अन्तर्गतको यूएसएस भिनसेन्सले क्रुज मिसाइल प्रहार गरी खसालेको इरानका राष्ट्रपति रुहानीले स्मरण गराएका छन् | उनले ट्वीट गर्दै भनेका छन्,"जसले 52 नम्बरलाई बुझाउँछन् उनीहरूले 290 नम्बर याद गर्नु पर्दछ | # IR655 ईरानी राष्ट्रलाई कहिले पनि धम्की नदिनुहोस् ।"

उक्त बिमान  पर्सियन गल्फ क्षेत्रमा खसालिएको थियो भने विमानमा २९० यात्रु सवार थिए | अमेरिकाले गरेको ड्रोन आक्रमणमा गत शुक्रबार इरानी सेना कमान्डर जनरल कासिम सुलेमानिको मृत्यु भएपछि दुवै देशबीच तनाब बढेको हो | बदलामा इरानले इराक स्थित अमेरिकी सैन्य क्याम्पमा दर्जनौ क्षेप्यास्त्र प्रहार गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी