2026-06-28 08:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानमा सरकार बिरोधि प्रदर्शनका क्रममा ट्रम्पको यस्तो चेतावनी

2020-01-13

पुस २८, एजेन्सी | अमेरिका र इरानबीच बढ्दै गएको तनाब फेरी चुलिएको छ | नेपाली समय अनुसार आइतबार राति मात्रै इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पमा चारवटा मिसाइल आक्रमण गरेको छ | इरानमा सरकार बिरोधि प्रदर्शन भइरहेका बेला इरान सरकारले अमेरिकी क्याम्पमा आक्रमण गरेको हो | 

गत बुधबार १ सय ७६ जना यात्रु वाहक युक्रेनको विमान खसालेको थियो | उक्त कुरा सरकारले झुटो बोलेको भन्दै हजारौं मानिस सरकारको बिरुद्धमा सडकमा उत्रिएका हुन् | यता अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले सरकार विरोधी प्रदर्शनलाई निकै नजिकबाट नियालिरहेको बताएका छन् |  ट्रम्पले प्रदर्शनबारे  ट्वीट गर्दै  भनेका छन्, ‘राष्ट्रिय सुरक्षा सल्लाहकारले नयाँ प्रतिबन्धका कारण इरान निस्सासिएको छ र उनीहरु सम्झौता गर्न बाध्य भएका छन् । वास्तवमा उनीहरुले सम्झौता गर्छन् गर्दैनन् भनेर मलाई कुनै चिन्ता छैन । तर इरानी नेतालाई सन्देश छ कि न त उनीहरुले प्रदर्शनकारीको हत्या गरोस् न नै परमाणु हतियार बनाओस् ।’

त्यस्तै ‘हजारौंको पहिले नै हत्या गरिसकिएको छ वा जेलमा हालिसकिएको छ, त्यो सारा संसारले देखिरहेकै छ । सबैभन्दा महत्वपूर्ण कुरा त अमेरिकाले पनि देखिरहेको छ । आफ्नो इन्टरनेट सुरु गर र पत्रकारलाई स्वतन्त्रतापूर्वक घुम्न देउ | आफ्ना महान इरानीको हत्या गर्न बन्द गर ।’भन्दै दोश्रो ट्वीट ट्रम्पले गरेका छन् |

जनवरी ३ मा अमेरिकाले इरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानिको ड्रोन आक्रमणमा हत्या गरेपछि आक्रमक बनेको इरानले ८ जनवरीमा इराकस्थित अमेरिकी सैन्य क्याम्पमा दर्जनौं क्षेप्यास्त्र प्रहार गर्यो | सोही दिन यात्रुवाहक युक्रेनको विमान पनि खसाल्यो | जुन कुरा इरानले स्वीकार गरेको थिएँन | पछि भूलवस मानवीय त्रुटी भएको भन्दै माफी माग्यो |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी