2026-06-28 09:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाको आर्थिक वृद्धि दशककै न्यून

2020-01-22

माघ ८, एजेन्सी | दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनको विवादास्पथ आर्थिक नीतिले देशको आर्थिक वृद्धि दशककै न्यून अवस्थामा पुगेको छ। विश्वको १२औं ठूलो अर्थतन्त्र रहेको कोरियाको सन् २०१९ मा २ प्रतिशतले मात्रै आर्थिकवृद्धि भएको छ। गत वर्ष यो प्रतिशत २.७ थियो।

सन् २००९ को विश्वव्यापी आर्थिक सङ्कटपछिकै सबैभन्दा खराब अवस्था हो, यो। दशकौंसम्म आर्थिक चमत्कार गरेको कोरियाले पछिल्लो समय उच्च शिक्षित युवाले राम्रो तलब प्राप्त गर्न सङ्घर्ष गर्नुपरेको छ भने असमानताका कारण निराशा बढ्दै गएको छ। राष्ट्रपति मून जाए–इनले सार्वजनिक खर्च बढाउने र ‘आय–उन्मुखवृद्धि’ को विवादास्पद आर्थिक नीति अघि बढाएको भन्दै कोरियामा आलोचना हुन थालेको छ। यस नीतिका कारण तीन वर्षको अवधिमा न्यूनतम ज्यालामा ३० प्रतिशतभन्दा बढी वृद्धि भएको छ।

अमेरिका र चीनबीच लामो समयसम्मको तनाव र सेमिकन्डक्टरको बजारमा आएको मन्दीको असर पनि कोरियाली अर्थतन्त्रमा परेको छ। विपक्षीहरूले सरकारी नीतिहरुले रोजगार लागत बढ्ने र अर्थतन्त्रमा सुस्तता आउने भन्दै आलोचना गरिरहेका छन्।कोरियाको केन्द्रीय ‘बैंक अफ कोरियाले जारी गरेको विज्ञप्तिमा सेमिकन्डक्टरको मूल्यमा आएको कमीजस्ता कारणले व्यापार–निर्भर अर्थतन्त्र सुस्त भएको जनाइएको छ। ‘सरकारी खपतको वृद्धि भएपनि निर्माण क्षेत्रमा लगानी खुम्चिएको छ र निर्यातको वृद्धि सङ्कुचित भएको छ’, विज्ञप्तिमा उल्लेख छ।

चीन–अमेरिका व्यापारमा देखिएको तनावले सिर्जना गरेको दबाबकै अवस्थामा विदेशतर्फको सिपिङमा १.५ प्रतिशतले वृद्धि भएको छ जबकी अघिल्लो वर्ष यो ३.५ प्रतिशतले वृद्धि भएको थियो।

सन् २०१५ यता यो सबैभन्दा झिनो वृद्धि हो। आयातमा ०.६ प्रतिशतले गिरावट आएको छ। आगामी अप्रिलमा हुने संसदीय चुनावअगाडि पहिलो त्रैमासिकमा मून–प्रशासनले सार्वजनिक खर्चमा ९.१ प्रतिशत वृद्धि गर्ने तथा पूर्वाधार बजेटको करिब ३० प्रतिशत खर्च गर्ने योजना अघि सारेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी