2026-06-28 03:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनको चमत्कार: पाँच दिनमै अस्पताल खडा गरेपछि विश्व नै चकित

2020-01-29

माघ १५, एजेन्सी | चिनमा देखा परेको कोरोना भाइरसले महामारीको रुप लिएपछि निर्माण सुरु गरेको पाँच दिन भित्रै अस्पतालमा उपचार थालिएको छ | यस अघि चिनले सात दिनमा अस्पताल निर्माण गरेको थियो | उक्त रेकर्डलाई तोड्दै बिहिबार एक हप्तामा निर्माण संम्पन्न गर्ने प्रतिबद्धता जनाएको चिनले निर्धारित समय भन्दा एक दिन अगाडिनै सकेको हो |


कोरोना भाइरसका बिरामी राख्नाकालागी ब्नाइएको अस्पताल मंगलबार देखि संचालनमा आएको छ | उक्त अस्पताल एक हजार शैय्याको निर्माण गरिएको छ | चिनको वुहान प्रान्तमा बनेको उक्त अस्पताल निर्माण गर्ने सबैलाई अधिकारीहरुले धन्यवाद दिएका छन् | कदिनमै भवन ठड्याइएको अस्पताल निर्माणमा कामदार तथा स्वयंसेवकहरुले निरन्तर ४८ घण्टा खटेर काम गरेका थिए | मंगलबार देखिनै कोरोना भाइरसका बिरामीलाई नयाँ निर्मित अस्पतालमा लगेर उपचार गराइएको छ |


निर्माण कार्य  दुई दिनमै  सकिएको र अस्पतालको उपकरण जडान लगायत अन्य काम गर्न तिन दिन लागेको बताइएको छ | ह्वाङगाङका अधिकारीहरुका अनुसार अस्पतालमा  पानी, बिजुली र इन्टरनेट समेत जडान गरिएको छ |

२४ सै घण्टा ५०० भन्दा बढी कामदारहरु र दर्जनौं डोजर र स्काइभेटरहरुले अस्पताल निर्माणमा काम गरेका थिए | चिनले यस अघि सन् २००३ सार्सको संक्रमण फैलिएका बेला बेइजिङमा सात दिनमा नयाँ अस्पताल निर्माण गरेको थियो | हाल विश्व भरिनै फैलिरहेको कोरोना भाइरसबाट चिनमा  १३२ जनाको ज्यान गइसकेको छ | भने ६ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी