2026-06-28 01:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा दक्षिणपूर्वी एसियाकै सबैभन्दा बढी कोरोना संक्रमण, दुईको मृत्यु

चैत ४, काठमाडौँ | कोरोना भाइरसको संक्रमले यतिखेर विश्वलाईनै तनाब बनाइरहेको छ । दक्षिणपूर्वी एसियामा मलेसियामा सबैभन्दा धेरै मानिसहरुमा कोरोनाको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको भनाइ छ । 

मलेसियामा पहिलो पटक दुई जनाको मृत्यु भएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयको अनुसार मंगलबार दुई जनाको ज्यान गएको पुष्टि गरेको हो । मलेसियामा हालसम्म ६ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । 

मलेसियाका सञ्चारमाध्यमका अनुसार सारावाक राज्यको राजधानी कुचिङ शहरमा एकजना ६० वर्षे व्यक्तिको ज्यान गएको जनाएका छन् । उनी स्थानीय इम्मानुएल बाप्टिस्ट चर्चका पादरी रहेको जनाइएको छ । उनको मंगलबार ११ बजे ज्यान गएको हो ।

त्यसबाहेक जोहोर राज्यान पनि अर्का व्यक्तिको ज्यान गएको मलेसियाका सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा ३४ वर्षे युवा छन् । उनको मंगलबार नै स्थानीय पेर्माई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

मलेसियामा वैदेशिक रोजगारीको क्रममा लाखौँ नेपाली कार्यरत छन् । कोरोनाको जोखिम बढ्दै गएका कारण बुधबारदेखि मलेसियाले लकडाउन सुरु गर्दैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी