२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना संक्रमणपछि बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

२०७६, २४ चैत्र सोमबार ०७:०५

चैत २४, लन्डन | कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको १० दिनपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आइतबार अस्पताल भर्ना गरिएको छ ।

निरन्तर भाइरस लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटले विज्ञप्तिमार्फत जनाएको छ । ‘कोरोना भाइरस पुष्टि भएको १० दिनपछि पनि निरन्तर लक्षण देखिएपछि सावधानीका लागि यस्तो कदम चालिएको हो,’ प्रधानमन्त्री कार्यालयले भनेको छ– ‘जोनसनलाई आपत्कालीन अवस्थाका कारण नभई उनकै चिकित्सकको सल्लाहअनुसार थप परीक्षणका लागि सावधानीस्वरुप अस्पताल भर्ना गरिएको हो ।’

जोनसनले गत मार्च २७ मा आफूमा कोरोना भाइरस पुष्टि भएको घोषणा गरेका थिए । त्यसपछि उनी डाउनिङ स्ट्रिटमै आइसोलेसनमा गएका थिए । शुक्रबार जारी गरिएको भिडियो सन्देशमा उनले आफ्नो स्वास्थ्य अवस्था सुध्रिदै गएको भए पनि ज्वरो अझै रहेको बताएका थिए ।

१० दिनको आइसोलेसन बसाइमा पनि जोनसनले कोरोना भाइरस प्रकोपसम्बन्धी बेलायती प्रयासको नेतृत्व गरिरहेका थिए । आइसोलेसेनमै रहँदा उनले दैनिक रूपमा हुने प्रकोप नियन्त्रणसम्बन्धी बैठकको नेतृत्वसमेत गरेका उनले कैयौं भिडियो सन्देशसमेत जारी गरिरहेका थिए । जोनसनलाई अस्पताल भर्ना गरिए पनि सरकारको नेतृत्व उनले नै गर्ने डाउनिङ स्ट्रिटले उल्लेख गरेको छ । सोमबारको कोरोना भाइरस नियन्त्रणसम्बन्धी बैठकको नेतृत्व भने विदेशमन्त्री डोमेनिक राबले गर्ने बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित