2026-06-28 12:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरस: विश्वभरि मृत्यु हुनेको सङ्ख्या एक लाख नाघ्यो

चैत २८, काठमाडौँ | कोरोनाभाइरसका कारण विश्वभरि मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या एक लाख नाघेको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट मृत्यु हुनेको शंख्या १ लाख २६० जना पुगेको छ । 

विश्वभरि सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या भने १६ लाख ४७ हजार नाघेको छ । डाटा अनुसार मृत्यु हुनेहरुको शंख्या इटलीमा सबैभन्दा बढी छन् । इटालीमा १८ हजार ८४९ जनाको मृत्यु भई सकेको छ । जसलाई पछ्याएको अमेरिकाको मृत्युको शंख्या १७ हजार ९१९ पुगेको छ । 

तर सङ्क्रमणको हिसाबले अमेरिका तालिकामा सबैभन्दा अगाडि छ, जहाँ चार लाख ७८ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण भएको पाइएको छ।

तेस्रो बढी मृत्युको घटना स्पेनमा भएको छ, जहाँ १५ हजार ९७० जनाले ज्यान गुमाएका छन्।

त्यहाँ कोरोनाभाइरसबाट सङ्क्रमित मानिसहरूको सङ्ख्या एक लाख ५७ हजार बढी छ । त्यसपछि फ्रान्समा धेरै मानिसको मृत्यु भएको छ। फ्रान्समा १२ हजार २१० जनाको मृत्यु भएको छ भने करिब एक लाख १९ हजार व्यक्तिमा सङ्क्रमण भएको पाइएको छ।

मृतकको हिसाबले यूके पाँचौँ स्थानमा छ, जहाँ करिब ९ हजार मानिसको मृत्यु भएको छ । सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या करिब ७० हजार नाघेको छ ।

यता नेपालको छिमेकी राष्ट्र भारतमा सङ्क्रमित हुनेहरूको सङ्ख्या करिब सात हजार तीन सय नाघेको छ भने २२९ जनाको मृत्यु भएको छ । 

नेपालमा भने हालसम्म कोरोनाको कारण कसैको मृत्यु भएको छैन । ९ जना संक्रमित मध्ये १ जना निको भईसकेका छन् भने बाँकी आठ संक्रमितको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी