2026-06-28 12:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनले भाइरस फैलाएको बारे खोजी गर्दै अमेरिका, ट्रम्पद्वारा चीनलाई चेतावनी

वैशाख ७, काठमाडौँ (एजेन्सीको सहयोगमा) | अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पले चीनले कोरोना भाइरसको महामारी फैलाएको पाइए त्यसको परिणाम भोग्ने चेतावनी दिएका छन् । 

ट्रम्पले आफ्नो नियमित ब्रिफिङमा शनिबार चीनलाई चेतावनी दिंदै भनेका छन् – 'यदी त्यो गल्ती थियो, त्यो गल्ती हो । तर, उनीहरू यसबारेमा जानकार थिए भने त्यसको परिणाम भोग्नुपर्नेछ ।' ट्रम्पले आफ्नो ब्रिफिङमा अमेरिका चीनविरुद्ध के कदम चाल्छ भन्ने कुरा भने भनेनन् । 

यसअघि बेलायतले पनि चीनले कोरोना भाइरससम्बन्धी 'कडा प्रश्नहरूको सामना गर्नुपर्ने' बताएको थियो । कोरोनाको संक्रमण अमेरिका लगायत युरोपमा महामारीको रुपमा फैलिएपछि चीन विरुद्ध बिभिन्न टिप्पणीहरु भईरहेका छन् । 

ट्रम्प र वरिष्ठ सहयोगीहरूले चीन कोरोना भाइरसका बारेमा पारदर्शी नभएको भन्दै आलोचना गर्दै आइरहेका छन् । यसै साता ट्रम्पले विश्व स्वास्थ्य संगठन चीनको पक्षपाती भएको भन्दै उसलाई दिने अमेरिकी सहयोग समेत रोकेका छन् । विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले सबैभन्दा धेरै सहयोग गर्दै आएको थियो । 

ट्रम्पले सुरुमा कोरोना भाइरसमा चीनले गरेको नियन्त्रण प्रयासको खुलेर  तारिफ गरेका थिए तर पछि उनी र उनका सहयोगीहरूले यसलाई 'चिनियाँ भाइरस'को उपनाम दिएर विवाद निम्त्याएका थिए । त्यसपछि चीनप्रति नरम बनेका ट्रम्पले पुन: चीनलाई चेतावनी दिएका हुन् । दुबै देशबिच गत वर्ष केही समय चलेको व्यापारयुद्धपछि कृषि व्यापारका बारेको भएको पहिलो चरणको सहमतिलाई उल्लेख गर्दै ट्रम्पले 'उनीहरूले यस्तो गर्दासम्म' चीन-अमेरिका सम्बन्ध राम्रो भएको बताए ।

उनले कोरोना भाइरसको महामारी 'भुलवश' नियन्त्रण बाहिर गएको थियो वा जानाजान गरिएको थियो' भन्ने अहिलेको प्रश्न रहेको भनाइ राखेका छन् । 'यी दुईबिच ठूलो अन्तर छ', ट्रम्पले भने।

ट्रम्पले वुहान भाइरोलोजी प्रयोगशालाका बारेमा यसैसातामा अमेरिकी टेलिभिजन  फक्स न्यूजले देखाएको रिपोर्टलाई उल्लेख गर्दै यस्तो बताएका हुन् । फक्सले यसै साता चीनले भाइरसको क्षमता र त्यससँग लड्नसक्ने आफ्नो क्षमता परीक्षण गर्न भाइरस फैलाएको रिपोर्ट प्रसारण गरेको थियो ।  

ट्रम्पले आफ्नो सरकारले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलाइएको हो की होइन भन्ने बारेमा खोजी गरिरहेको बताए । शनिबारको नियमित प्रेस ब्रिफिङमा ट्रम्पले पुनः भाइरसका कारण चीनमा भएको मृत्युमाथि उसले शुक्रबार पेस गरेको नयाँ तथ्यांकमा पनि शंका व्यक्त गरेका छन् ।

शुक्रबार चीनले वुहानको मध्यशहरमा १३ सय मानिसहरू कोरोनाबाट मरेको जानकारी दिएको छ । उसले वुहानमा मरेका यी मानिसहरू पहिलो नगनिएको बताएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी