2026-06-27 07:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसियाली बजारमा तेलको मूल्य दुई दशककै न्यून बिन्दुमा झर्यो

वैशाख ८, हङकङ (रासस–एएफपी) | इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी गिरावट आएको छ । तेलको मूल्यमा विगत दुई दशकयताकै यो सबैभन्दा न्यून विन्दुमा पुगेको छ । 

अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य प्रतिब्यारेल १५ अमेरिकी डलरमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनमा यो झण्डै २० प्रतिशत गिरावट हो । सन् १९९९ यताकै यो सबैभन्दा न्यून मूल्य हो । कोरोना महामारीका कारण मागमा कमी आएपछि मूल्यमा पनि व्यापक गिरावट आएको बजार विश्लेषकहरुले बताएका छन् । 

विश्लेषकहरुका अनुसार यसै अप्रिल महिनामा विश्वका ठूला तेल उत्पादक मुलुकहरुबीच प्रतिदिन एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्ने सहमति भए पनि त्यसले बजारलाई स्थायित्व दिन सकेको देखिएन । विश्वका धेरै देशमा हाल जारी लकडाउन र यात्रा प्रतिबन्धले अर्बौं मानिस घरभित्रै बस्न बाध्य भएका कारण तेलको मागमा व्यापक कमी आएको छ । 

डब्लुटिआईको ओक्लाहोमास्थित कुसिङ तेल भण्डारणमा तेल भरिन लागेको छ । एएनजेडले मागमा कमी आएका कारण कच्चा तेलको मूल्यमा दबाब रहिरहने बताएको छ । 

इटाली, स्पेन, फ्रान्स र बेलायतमा कोरोनाभाइरसका कारण हुने दैनिक मृत्यु दर एवं संक्रमित दरमा कमी आएको बताएका छन् । युरोपका देशहरुले लकडाउनमा विस्तारै सहजीकरण गर्न योजना अघि सार्न थालेका छन् भने संयुक्तराज्य अमेरिकामा अर्थतन्त्र र बजार खुलाउन माग गर्दै प्रदर्शन पनि हुन थालेको छ । 

शेयर बजारतर्फ हङकङ, शाङघाई र सियोलको बजार ०.१ प्रतिशतले बढेको छ भने वेलिङटनको शेयर बजार ०.४ प्रतिशतले वृद्धि भएको छ । तर टोकियो शेयर बजार ०.९ प्रतिशतले घटेको छ । सिड्नी र मनिला शेयर बजार १ प्रतिशतले घटेको छ । ताइपेई, सिंगापुर र जकार्ताको शेयर बजारमा कमी आएको छ । 

लगानीकर्ताहरु वासिङ्टन डिसीतर्फ ध्यानदृष्टि लगाएका छन् जहाँ अमेरिकी कङ्ग्रेस र ह्वाइट हाउसबीच साना व्यवसायलाई मद्दत गर्नेगरी अघि सारिएको ४ खर्ब ५० अर्ब डलरको राहत प्याकेजका बारेमा छलफल जारी छ । अमेरिकी सरकारले यसअघि नै अर्थतन्त्रलाई जोगाउन २० खर्ब डलरको राहत प्याकेज घोषणा गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी