यसअघि उनि कोभिड-१९ बाट गम्भीर बिरामी परेका थिए । अहिले उनि कोरोनाबाट निको भएर नियमित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

यसअघि उनि कोभिड-१९ बाट गम्भीर बिरामी परेका थिए । अहिले उनि कोरोनाबाट निको भएर नियमित"/>

2026-06-27 09:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मेरो मृत्यु भएको भए के गर्ने भन्ने योजना बनेको थियो’ – ब्रिटेनका प्रधानमन्त्री

वैशाख २२, काठमाडौँ (बिबिसीको सहयोगमा) | ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाभाइरस सङ्क्रमणका आफ्नो मृत्यु भएको भए के गर्ने भन्ने विषयमा "आकस्मिक योजनाहरू" बनाइएको खुलासा गरेका छन् । 

यसअघि उनि कोभिड-१९ बाट गम्भीर बिरामी परेका थिए । अहिले उनि कोरोनाबाट निको भएर नियमित काममा फर्किसकेका छन् । 

"यो त्यति बेलाको कुरा हो जति बेला…उनीहरू यसलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा सोच्न थालेका थिए," उनले भने । उनले भने "यो निकै कठिन क्षण थियो, यसलाई म अस्वीकार गर्दिनँ," 'सन' पत्रिकाले उनलाई उद्धृत गरेको छ ।

उनका अनुसार आफ्नो मृत्यु भएको अवस्थामा के गर्ने भन्ने विषयमा चिकित्सकहरूले योजना बनाएका आफूले त्यति बेला नै थाहा पाएको बताएका छन् । 

जोनसनका अनुसार उनलाई जीवित राख्न निकै धेरै अक्सिजन दिइएको थियो।

उनले आफू निको हुनुमा निकै राम्रो स्याहारलाई श्रेय दिए। उनले भने "म यसबारे भावुक हुन्छु…तर त्यो असाधारण कुरा थियो।" 

गत मार्च २६ मा जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको थाहा भएको थियो। त्यसको १० दिनपछि उनलाई लन्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो। त्यसको भोलिपल्ट उनलाई सघन उपचार कक्षमा सारिएको थियो।

"केही दिनमै मेरो स्वास्थ्यस्थिति त्यो स्तरमा बिग्रिएको कुरा विश्वास गर्न गाह्रो थियो," उनले भने। कोरोनाभाइरसको सङ्क्रमण कति गम्भीर रोग हो भन्ने विषलाई व्याख्या गर्दै उनले भने, "मेरो नाक फुटिसकेको छ। औँला, नाडी र करङ पनि भाँच्चिसकेको छ। लगभग सबै कुरा भाँच्चिएको छ। कुनैकुनै अङ्ग त धेरै पटक भाँच्चिएको छ।"

"तर मैले कहिल्यै पनि यति गम्भीर परिस्थिति भोगेको थिइनँ।" 

अस्पतालमा बिताएको समयले आफूलाई अरू मानिसहरू यो रोगबाट पीडित नहोऊन् र यूकेलाई "फेरि स्वस्थ" बनाउन सकियोस् भनेर प्रेरित गरेको जोनसनले बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी