2026-06-27 04:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघ्यो

वैशाख २२, काठमाडौँ (रासस,एएनआई) | भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार यहाँ यस भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ५३३ जना पुगेको बताइएको छ । 

यहाँ यस संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दो रहेको छ । अहिलेसम्म १ हजार ३७३ जनाको यस संक्रमणबाट ज्यान गएको बताइएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार सोबार बिहानसम्म गएको २४ घन्टामा यहाँ २ हजार ५०० भन्दा बढी विरामी थपिएका छन् । साथै गएको २४ घन्टामा मात्र यहाँ ७२ जना संक्रमितको ज्यान गएको बताइएको छ । 

संक्रमणबाट निको भएका विरामीको संख्या ११ हजार ७०६ जना रहेको पनि बताइएको छ । यसरी भारतमा हाल यो रोगका संक्रमितहरुको संख्या २९ हजार ४५३ जना रहेको छ । 

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र १२ हजार ९०० नागरिक संक्रमित भएका छन् ।

गुजरातमा ५ हजार ४०० मानिस प्रभावित भएका छन् । दिल्लीमा यो संक्रमणबाट ४ हजार ५५० जना विरामी छन् । यद्यपि यो भाइरसको प्रकोप भारतका २७ वटा प्रान्तमा नै देखिएको छ ।

यहाँ पनि सरकारले लकडाउनको घोषणा गरेको छ । यही मे १७ सम्मका लागि यहाँको सरकारले लकडाउनको घोषणा गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो