2026-06-27 10:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा आपतकाल थप एक महिना लम्ब्याउने योजना

वैशाख २२, काठमाडौँ (रासस/एएनआई) | जापानी प्रधानमन्त्री सिन्जो आबेले यहाँ आपतकालको अवधि थप करिब एक महिना लम्ब्याउने तयारी गरिरहनु भएको बताइएको छ । 

यसअघि यहाँको सरकारले यही मे ६ सम्मका लागि आपतकालको घोषणा गरेको थियो । तर सोमबार यो अवधिलाई लम्ब्याएर कम्तीमा यो महिनाको अन्तिमसम्म पुर्याउने योजना प्रधानमन्त्री आबेले बनाउनुभएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । 

जापानको टोकियो सहितका सात प्रान्तमा एक महिना अघि लामो आपतकाल घोषणा गरिएको थियो । सो महिनादिन लामो आपतकाल यही मे ६ तारिखमा सकिन लागेको हो । 

यसैगरी यसअघि आपतकालको घोषणा गर्दा विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले पारेको आर्थिक प्रभावबाट बच्न प्रोत्साहनस्वरुप ठूलो आर्थिक प्याकेजको घोषणा समेत यसअघि गरिएको थियो ।  

जापानी प्रधानमन्त्री आबेसँग आइतबार जापानको मन्त्रिपरिषदका प्रमुख सचिव, यहाँका स्वास्थ्यमन्त्री र आर्थिक विकाससम्बन्धी मन्त्रीले भेटवार्ता गरी यस विषयमा परामर्श गर्नुभएको थियो । 

त्यसक्रममा प्रधानमन्त्री र उहाँहरुबीच आगामी बढीमा महिना दिनसम्मका लागि पुनः आपतकालको अवधि लम्ब्याउने विषयमा कुराकानी भएको बुझिएको यहाँका सञ्चारमाध्यमहरुले दिएका छन् । 

समाचारअनुसार प्रधानमन्त्री आबेले सोमबार साँझसम्म पत्रकार सम्मेलन गरेर यस आपतकालको अवधि बढाउने विषयमा जानकारी गरानुहुने बताइएको छ । 

आपतकाल घोषणा गरिएको टोकियो सहितका सात प्रान्तमा जापानको कुल जनसंख्याको करिब ४४ प्रतिशत मानिसहरुको बसोबास रहेको छ । 

आपतकालको घोषणाले मानिसहरुलाई घरमै बस्न र व्यापार व्यवसाय बन्द गरी मानिसहरुको भीडभाडबाट टाढा रहनका लागि दबाब सिर्जना गर्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिनेछ । 

प्रधानमन्त्री आबेले अन्य व्यक्तिसँगको सम्पर्क घटाउन सक्यौँ भने आगमी केही सातामा नै संक्रमितको संख्या उल्लेख्य मात्रामा घटाउन सक्ने बताउनुभएको छ ।  

सोमबार जापानमा कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको देखिएको छ । सोमबार प्राप्त समाचारमा जापानमा यस भाइरसबाट संक्रमितको संख्या १५ हजार पुगेको देखिएको छ । 

यी संक्रमितहरुमध्ये जापानाको राजधानी टोकियोमा मात्र ४ हजार  ६०० जना रहेका छन् । यस संक्रमणका कारण यहाँ ५०० भन्दा बढीको ज्यान गएको छ । 

अधिकारीहरुले यसैकारण जापानमा आपतकालको अवधि थप गरिएको विषयमा घोषणा गर्न लागिएको बताएका छन् । यस अघि पनि अघिल्लो महिनामात्र जापानमा भाइरसको नयाँ संक्रमित देखिने क्रम बढेकाले उल्लेख्य मात्रामा भाइरस फैलिन सक्ने चेतावनीसँगै जापानले आपतकाल घोषणा गर्ने निर्णय गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी