2026-06-28 01:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पले भने ‘मसँग निकै नजिक रहने व्यक्तिमा कोरोना देखियो, तसर्थ औषधी खाएँ’

जेठ ७, काठमाडौँ | ह्वाइट हाउसमा दुई व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हाइड्रोक्लोरोक्विनको सेवन गर्नु ‘उचित’ भएको बताए ।

सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पले आफूले मलेरिया र लूपसको औषधी प्रयोग गरिरहेको बताएका थिए । यद्यपि, सर्वाजनिक स्वास्थ्यकर्मीले यसको प्रयोग असुरक्षित हुनसक्ने बताउँदै चेतावनी दिएका छन् । 

मंगलबार क्याबिनेट बैठकमा उनले आफूसँग निकै नजिक रहेका एक व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको बताएका छन् ।

ट्रंपले भने ‘म माइक (पेन्स, उप–राष्ट्रपति) सँग धेरै काम गर्छु र उनीसँग निकै नजिक रहने व्यक्तिमा पनि पोजेटिभ देखिएको छ । मलाई लाग्छ कि मेरो हिसाबले यसको सेवन गर्नु यो खराब समय होइन ।’ 

साथै ट्रम्पले अमेरिकाबाट ब्राजिलको यात्रामा प्रतिबन्ध लगाउनेबारे कुराकानी भइरहेको पुष्टिसमेत गरे । संसारको सबैभन्दा धेरै संक्रमित भएको देशको सूचीमा ब्राजिल तेस्रो स्थानमा छ ।

उनले भने, ‘म चाहन्नँ कि मानिसहरु यहाँ आउन् र हाम्रा जनतालाई संक्रमित गरुन् ।’

‘म चाहन्नँ कि मानिसहरु बिरामी होउन् । हामी भेन्टिलेटर्समार्फत् ब्राजिलको मद्दत गरिरहेका छौं । ब्राजिललाई केही समस्या भइरहेको छ, त्यसबारे कुनै प्रश्नै उठ्दैन, ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी