2026-06-18 01:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महामारीलाई वेवास्था नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

असार २०, जेनेभा (रासस/सिन्ह्वा)। विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई कोरोनाभाइरसको सङ्क्रमण फैलिने क्रमलाई नियन्त्रणमा लिन यथोचित उपायहरूको अवलम्वनका लागि आग्रह गरेको छ ।

विश्वका सबै देशका नागरिकले कोभिड–१९ सङ्क्रमण दरमा कमी नआएको यथार्थलाई मध्यनजर गर्दै सचेत बन्नुपर्ने आजको आवश्यकता रहेको छ, संगठनका आपतकालीन सेवा निर्देशक मिखायल र्यानले सञ्चारकर्मीसँगको भेटमा स्थानीय समय अनुसार शुक्रबार राति बताउनुभयो ।

उहाँले भन्नुभयो, अहिलेसम्म विश्वभर एक करोड ११ लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र पाँच लाख २९ हजारभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी सङ्क्रमित अमेरिकी क्षेत्रमा रहेको र त्यसमा पनि संयुक्त राज्य अमेरिकामा कोभिड–१९ सङ्क्रमण र यसका कारण मृत्यु हुनेको सङ्ख्या विश्वका अन्य कुनै एक मुलुकभन्दा बढी रहेको छ ।” 

विश्वमा कैयौँ राष्ट्रहरूले तथ्याङ्कले के भनिरहेको छ भन्ने कुरामा वेवास्था गरिरहेको बताउँदै विश्व स्वास्थ्य संगठनका अधिकारीले भन्नुभयो, “महामारीलाई नियन्त्रणमा लिन कहिल्यै पनि धेरै ढिलो गर्नु हुँदैन ।”

उहाँले थप्नुभयो, “अर्थतन्त्रलाई चुस्त दुरूस्त राख्नुपर्ने बाध्यता कुनै पनि राष्ट्रहरूलाई छ । यो सबैले बुझ्न सक्ने कुरा हो तर स्वास्थ्य सङ्कटलाई पनि वेवास्था गर्नु हुँदैन । यो समस्या जादुमयी तरिकाले हट्नेछैन ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु