१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ५० लाख नाघ्यो, १ लाख ४४ हजारको मृत्यु

७ श्रावण २०७७, बुधबार ०९:३०

साउन ७, जेनेभ (रासस/एएफपी)। विश्वमा बुधबारसम्म १ करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी ६ लाख १९ हजार ६१४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जानकारी दिएको छ । 

संक्रमित मध्ये हालसम्म ९१ लाख १६ हजार ६५५ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५३ लाख ६३ हजार ५५५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ ।  संक्रमितहरु मध्ये  ६३ हजार ६१४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४० लाख २८ हजार ७३३ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ४४ हजार ९५८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३३ लाख ७५ हजार ५३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख २१ हजार ४१५ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४७ लाख २२ हजार ३६५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ९९ हजार  ७८३ जनाको मृत्यु भएको छ । 

युरोपमा २७ लाख २ हजार ९७ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९९ हजार ७४९ को मृत्यु भएको छ । एसिया ३५ लाख ३१ हजार ९७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८२ हजार ७२३ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ७ लाख ५३ हजार९१४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५ हजार ७७९ जनाको मृत्यु भएको छ । ओसियानामा १४ हजार ५८७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५० जनाको मृत्यु भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का