2026-06-28 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमित बढे

साउन १४, सोल (रासस/सिन्ह्वा)। दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित पछिल्लो समयमा बढ्न थालेका छन् । पछिल्लो समयमा यहाँका सङ्क्रमितहरु बढ्न थालेको देखिएको बताइएको छ । यहाँका सरकारी अधिकरीहरुले सोलमा पछिल्लो महिना संङ्क्रमित हुनेहरुको संख्या बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ ।

प्राप्त समाचारमा पछिल्लो २४ घण्टामा यहाँ थप ४८ जनामा कोरोना भेटिएको बताइएको छ । बुधबार बिहान सो जानकारी दिइएको हो ।योसँगै यहाँका सङ्क्रमितहरुको संख्या १४ हजार २५१ जना पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिन ३० जना भन्दा कमै मात्र सङ्क्रमित थपिने गरेको भए पनि गएका केही दिन यता भने त्यसमा बृद्धि भएको र सङ्क्रमितहरु थपिएका बताइएको हो । 

उनीहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । गएको २४ घन्टामा थपिएका ४८ जना सङ्क्रमितमध्ये २९ जना त विदेशबाट आएका नारिक हुन् ।पछिल्लो दुई दिनमा दुई व्यक्तिको मृत्यु भएपछि सङ्क्रमणबाट ज्यान जानेको संख्या ३०० जना पुगेको बताइएको छ । यहाँका संक्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरुबाट भएका बताइएको छ । 

यहाँ निकै थोरै संख्यामा मात्र सङ्क्रमितहरु रहेका थिए र यहाँको मृत्यु दर पनि २.११ प्रतिशत मात्र रहेको थियो । यहाँका १३ हजार भन्दा बढी नागरिक निको भएर घर फर्किएका छन् । यहाँका अधिकारीहरुले दक्षिण कोरियामा निको हुने व्यक्तिको संख्या ९१ प्रतिशत भन्दा बढी भएको बताएका छन् ।

दक्षिण कोरिया सरकारले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न विदेशका अरु देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको छ । तर प्राप्त समाचारमा दक्षिण कोरियामा पनि पछिल्लो समयमा सङ्क्रमितहरुको संख्या बढ्दै गएको देखिएको भए पनि उनीहरु विदेशबाट आएका बढी रहेको बताइएको छ । 

दक्षिण कोरियाको सरकारले गएको जुन ३ तारिखदेखि कोरोना भाइरसको परीक्षण शुरु गरेको थियो । त्यस यता आजसम्ममा यहाँको सरकारले करिब १५ लाखभन्दा बढी व्यक्तिको परीक्षण गरेको जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी