2026-06-28 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगान शान्तिवार्ता नयाँ चरणमा प्रवेश, तीन दिने युद्धबिराम घोषणा

साउन १४, काबुल (रासस/एएफपी) । लामो समयदेखि ढिलाइ भइरहेको अफगान सरकार र तालिबानबीचको शान्तिवार्ता आगामी हप्ता शुरु हुने सम्भावना बढेको छ । अफगान राष्ट्रपति अस्रफ घानीले तालिबानसँगको मध्यस्थता वार्ता हुन लागेको मंगलबार संकेत गर्नुका साथै दुबै पक्षबीच तीन दिने युद्धबिरामका लागि सहमति भएको छ । 

पहिलो चरणको युद्धबिराम मुस्लिम समुदायको महान पर्व इद अल–अधाको पहिलो दिन यही शुक्रबारदेखि शुरु हुनेछ, र यो अरु दुई दिन निरन्तर जारी रहनेछ ।

तालिबान समूहले नै यसपटक युद्धबिरामका लागि प्रस्ताव गरेको थियो । राष्ट्रपति घानीले पनि तालिबान समूहसँगको मध्यस्थता प्रयासमा निकै प्रगति भएको बताउनु भएको छ । यसअघि अफगानिस्तानका जेलमा बन्दी रहेका तालिबान समूहका नेता, कार्यकर्ता र लडाकूको बिनाशर्त रिहाईका विषयमा अफगान सरकार र तालिबानबीच मतैक्य हुन सकेको छैन ।

तर राष्ट्रपति घानीले सरकारी अधिकारीहरुलाई सम्बोधन गर्दै भन्नुभएको छ, “शान्तितर्फ सरकारको प्रतिबद्धता जनाउँदै इस्लामिक गणतन्त्र अफगानिस्तानले पाँच हजार तालिबानी बन्दीहरुलाई मुक्त गर्ने कार्य चाँडै सम्पन्न गर्नेछ ।”

पाँच हजार तालिबानी युद्धबन्दीलाई मुक्त गर्न यसअघि गत फेब्रुअरीमा अमेरिका र तालिबानबीचको एक सम्झौतामा सहमति भइसकेको छ । 

राष्ट्रपति घानीले तालिबान समूहसँगको प्रत्यक्ष मध्यस्थता वार्ता अर्को साताभित्रै शुरु हुने सम्भावना रहेको बताउनुभयो । राष्ट्रपति घानीका प्रवक्ता सेदिक सेदिकीले काबुल सरकारले युद्धबिराम पालना भएनभएको अनुगमन गर्ने जानकारी दिनुभयो । उहाँले अफगान जनताले दिगो युद्धबिराम चाहनुका साथै अफगान सरकार र तालिबानबीच प्रत्यक्ष वार्ता होस् भन्ने चाहेका छन् भन्नुभयो ।

तालिबान समूहले गत साता नै इद पर्व लगत्तै अफगान सरकारसँग प्रत्यक्ष मध्यस्थता वार्ता गर्न तयारी गरिरहेको संकेत दिएका थिए । तालिबान समूहका तर्फबाट जारी एक वक्तव्यमा तालिबानका सैन्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले आफ्ना लडाकूहरुलाई इद अल–अधाका अवसरमा तीन दिनसम्म कुनै सैन्य कारबाही नगर्न आदेश दिनु भएको उल्लेख छ । उहाँले सरकारी वा दुश्मन पक्षबाट कुनै कारबाही भए त्यसलाई स्वीकार गर्न नसकिने पनि चेतावनी दिनुभएको छ । 

सन् २००१ मा अफगान युद्ध शुरु भएयता यो तेस्रो युद्धबिराम हो । यसअघि सन् २०१८ को जुन तथा यसै वर्षको मे महिनामा रमादानका अवसरमा युद्धबिराम गरिएका थिए ।

पछिल्लो घोषणाप्रति आम अफगानीले सन्तोषप्रद भन्दै स्वागत गरेका छन् । 

काबुलस्थित अमेरिकी कुटनीतिज्ञ रस विल्सनले युद्धबिरामको स्वागत गर्नुका साथै दुबै पक्षले जतिसक्दो चाँडो मध्यस्थता वार्ता गर्ने विश्वास व्यक्त गर्नु भएको छ । उहाँले ट्वीट गर्दै सबै अफगानीले इद पर्वलाई शान्तिपूर्वक मनाउने बताउनुभयो ।

अमेरिका र तालिबानबीच गत फेब्रुअरीमा सम्झौता भएयता तीन हजार ५०० भन्दा बढी अफगान सैनिकको ज्यान गइसकेको राष्ट्रपति घानीले बताउनु भएको छ । यस्तै, ७७५ जना सर्वसाधारण मारिनुका साथै एक हजार ६०९ जना घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी