2026-06-28 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड–१९ को असरः एयरबस र शेल कम्पनीमा अर्बौं डलर नोक्सानी

साउन १५,पेरिस। (रासस/एएफपी)। युरोपेली हवाई जहाज निर्माता एयरबस कम्पनीले पहिलो छ महिनामा करिब २ अर्ब २० करोड अमेरिकी डलर खुद नोक्सानी व्यहोर्नु परेको जनाएको छ । कोरोनाभाइरस महामारीका कारण बिमान बिक्री दुई गुणाले कमी आएपछि कम्पनी घाटामा गएको हो ।

एयरबसले यस वर्षको पहिलो छ महिनामा करिब १२ अर्ब ४० करोड युरो बराबरको सम्पत्ति प्रयोग गरेको पनि जनाएको छ । कम्पनीले जारी गरेको वक्तव्यमा कम्पनीले अबलम्बन गरेका नयाँ उपायहरुका कारण यस वर्षको बाँकी छ महिनाको अवधिमा नोक्सानीमा कमी आउने विश्वास लिइएको उल्लेख छ ।

यसैबीच, ऊर्जा क्षेत्रको विशाल कम्पनी रोयल डच शेलको पनि यस वर्षको दोस्रो त्रैमासिक अवधिमा करिब १८ अर्ब डलर खुद नोक्सानी भएको कम्पनीले जनाएको छ । अघिल्लो वर्ष कर भुक्तानीपछि करिब ३ अर्ब डलर नाफा कमाएको शेलले कोरोनाभाइरसका कारण तेलको मूल्यमा आएका उतारचढाबपछि ठूलो नोक्सानी भएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी