१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलमा २४ घन्टामा ५२ हजारभन्दा बढी सङ्क्रमित

१७ श्रावण २०७७, शनिबार ०७:५१

साउन १७, काठमाडौँ (रासस/एएनआई) | ब्राजिलमा पछिल्लो २४ घन्टामा ५२ हजारभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ब्राजिलमा २४ घन्टा यता मात्र करिब ५२ हजार ३८३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । 

योसँगै यहाँ सङ्क्रमितको संख्या कम्तीमा पनि २६ लाख पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अधिकारीहरुले जनाएअनुसार यहाँ सङ्क्रमितको पछिल्लो संख्या २६ लाख ६६ हजारभन्दा बढी पुगेको छ । 

गएको २४ घन्टामा यहाँ १ हजार २१२ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । शुक्रबार दिइएको जानकारीअनुसार यहाँका ९२ हजार भन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।     

यहाँका ९२ हजार ५६८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका बताइएको छ । तर यहाँ पछिल्लो समयमा सङ्क्रमितको संख्यामा भने केही कमी आएको छ । 

गत बिहीबारको परीक्षणको तुलनामा यहाँ संक्रमित घटेका हुन् । बिहीबार यहाँ ६९ हजारभन्दा बढी सङ्क्रमित देखिएकोमा शुक्रबार यो संख्यामा कमी आएको हो ।      

ब्राजिल अमेरिकापछि सबैभन्दा बढी कोरोना प्रभावित देश हो । यहाँ अझै ठूलो संख्यामा नागरिक सङ्क्रमित भएको आशंका गरिएको छ । तर पनि परीक्षणको संख्या बढाउनुपर्ने उनीहरुको भनाई छ ।     

यसै कारणले पनि यहाँ ठूलो संख्यामा संख्यामा फैलिएको बताउने गरिएको छ । ब्राजिलमा दैनिक ५० हजारभन्दा बढी मानिस सङ्क्रमित हुने गरेका छन् । 

यहाँको स्वास्थ्य मन्त्रालयलका अनुसार यहाँका १८ लाखभन्दा बढी मानिस भने निको भएर घर फर्किएका बताइएको छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का