२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण अफ्रिकाका शिक्षण संस्थाहरु बन्द

२०७७, १९ श्रावण सोमबार ०५:१२

साउन १९, जोहानेस्बर्ग (रासस/एएनआई)। दक्षिण अफ्रिकाका विद्यालय तथा क्याम्पस लगायत सम्पूर्ण शिक्षण संस्थाहरु बन्द भएका छन् । कोरोना महामारीको संक्रमण बढ्दो रुपमा देखिएका कारण दक्षिण अफ्रिकी सरकारले यहाँका विद्यालय, विश्वविद्यालय तथा सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गर्ने घोषणा यसअघि नै गरेको थियो ।  

दक्षिण अफ्रिकामा कोरोना भाइरसको महामारी पछिल्लो समयमा निकै बढ्दै गएको छ । सोही कारण यहाँका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएको यहाँको शिक्षा मन्त्रालयले जनाएको छ । 

यही जुलाई २७ तारिखदेखि यहाँका विद्यालयहरु बन्द भएका हुन् । यो बन्द आगामी अगष्ट महिनाको अन्त्यसम्म नै कायम रहने अधिकारीहरुले जनाएका छन् । सोसम्बन्धी आदेश दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले दिनुभएको बताइएको छ ।  

दक्षिण अफ्रिकामा जुलाई १२ यता देखिको तथ्यांकमा हेर्दा कोरोना भाइरस ठूलो संख्यामा संक्रमण देखिएको बताइएको छ । यहाँ आजसम्ममा ५ लाख ११ हजारभन्दा बढीमा यो संक्रमण फैलिएको पाइएको छ । त्यसैगरी यहाँ ८ हजार भन्दा बढी व्यक्तिको निधन भएको छ । 

यहाँ पछिल्ला दिनहरुमा निकै ठूलो संख्यामा संक्रमण बढ्दै गएको देखिएकोले शिक्षण संस्थाहरु बन्द गर्नुका साथै अरु विभिन्न नियन्त्रणका उपायहरु अपनाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ