२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा कोभिड–१९ सङ्क्रमितको संङ्ख्या १८ लाख नाघ्यो

२०७७, १९ श्रावण सोमबार ०८:४४

साउन १९, काठमाडौँ (रासस/एएनआइ) | भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख नाघेको सोमबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५२ हजार ९७२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख ३ हजार ६९६ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । 

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७७१ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३८ हजार १३५ जना पुगेको छ । सरकारी अधिकारीका भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये एघार लाख ८६ हजार २०३ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा पाँच लाख ७९ हजार ३५७ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यका रुपमा रहेको छ । हाल महाराष्ट्रमा एक लाख ४८ हजार ८४३ जना सङ्क्रमित अवस्थामा नै रुहेका छन् भने १५ हजार ५७६ व्यक्तिको मृत्यु भइसकेको छ ।  महाराष्ट्र कुल चार लाख ४१ हजार २२८ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको थियो । 

कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५६ हजार ९६२ सङ्क्रमित अवस्थामा रहेका छन् भने चार हजार १३२ जनाको मृत्यु भएको छ । 

राजधानी शहरसमेत रहेको दिल्ली राज्यमा दश हजार ३५६ जना सङ्क्रमित अवस्थामा रहेका र चार हजार ४० जनाको मृत्यु भइसेकेको छ । दिल्लीमा एक लाख २३ हजार ३१७ व्यक्ति  कोरोना मुक्त भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध