१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १९ लाख नाघ्यो

२१ श्रावण २०७७, बुधबार ०९:०४

साउन २१, नयाँदिल्ली (रासस/सिन्ह्वा)। भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १९ लाख नाघेको बुधबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५२ हजार ५०९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १९ लाख ८ हजार २५४ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । 

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ८५७ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३९ हजार ७९५ जना पुगेको छ । 

सरकारी अधिकारीका अनुसार  भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये बाह्र लाख ८२ हजार २१५ व्यक्ति निको भएर फर्किएका छन् । भारतमा मङ्गलबार कोरोना भाइरस निको हुने क्रम ६६.३० प्रतिशतले बढेको पाइएको छ । हाल भारतमा पाँच लाख ८६ हजार २४४ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यका रुपमा रहेको छ । कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडू र तेस्रोमा राजधानी शहरसमेत रहेको दिल्ली राज्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का