2026-06-27 11:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भदौ १ देखि नियमित अन्तराष्ट्रिय उडान होला ? (हेर्नुहोस् भिडियो)

साउन २१, काठमाडौँ | सरकारले भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान खुलाउने निर्णय गरेको छ । गएको चैत ९ गतेदेखि बन्द भएका जहाजको नियमित उडान भदौ १ गतदेखि सुरु हुनेछ । 

भदौ १ देखि उडान नियमित गर्ने बिषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उडान सुरक्षा र यात्रुको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर निर्देशिका बनाईएको भन्दै भदौ १ देखि उडान खुलाउने स्पष्ट पारेका छन् । मन्त्री भट्टराईका अनुसार निर्देशिकालाई वायुसेवा कम्पनी, यात्रु, विमानस्थल व्यवस्थापन, कर्मचारी लगायत सम्बन्धित सबैले कडाइका साथ पालना गरि उडान सुरु गरिनेछ ।

तर नेपाल सरकारले मात्रै निर्णय गरेर अन्तर्राष्ट्रिय उडान नियमित हुन सक्दैन । पछिल्लो समय सरकारले पुन: स्वीकृति दिएर विदेश जान चाहनेहरुलाई पठाईरहेको छ तर त्यसका लागि विदेश जानेले सम्बन्धित देशको विमान स्थलबाट बाहिरिनको लागि आवश्यक अनुमति लिनुपर्ने हुन्छ । 

यस्तै अभ्यास युएईबाट बिदामा आएर युएई जान चाहने नेपालीहरुले गरिरहेका छन् । विदामा आएका नेपालीहरुले अनलाइन मार्फत स्वीकृति लिन सक्छन् र आफ्नो काममा फार्किन सक्छन् । 

यसै क्रममा विमानस्थलमा तयार पारिएको भिडियो तल हेर्नुहोस् । 

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी