२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकै पहिलो कोभिड–१९ भ्याक्सिनले बुधबार स्विकृति पाउने

२०७७, २३ श्रावण शुक्रबार १५:१८

साउन २३, काठमाडौँ | मास्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको कोरोना भाइरसले १२ अगस्टमा स्विकृति पाउने भएको छ । रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले यस्तो खुलासा गरेका हुन् । ग्रिडनेभका अनुसार स्वास्थकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा यो भ्याक्सिन लगाइनेछ । 

गत साता स्वास्थ मन्त्री मिखाइल मुरास्र्काले अक्टुबरदेखि देशव्यापी सामुहिक भ्याक्सिन कार्यक्रम सुरु गर्ने योजना बनाइएको बताएका थिए । मुरास्र्कोले यसका लागि सबै खर्च सरकारले व्यहार्ने पनि जानकारी गराएका थिए । 

‘गामेलेई सेन्टरमा विकास भएको भ्याक्सिनको दर्ता अगस्ट १२ मा हुनेछ,’ रुसी सञ्चारमाध्यम आरटीकाअनुसार शुक्रबार बिहान ग्रिडनेभले पत्रकारसँग भनेका थिए,‘अहिले अन्तिम चरण अर्थात् तेस्रो चरणको क्लिनिकल ट्रायल भइरहेको छ । यो परीक्षण हो र अति महत्वपूर्ण छ । हामीले यो बुझ्न जरुरी छ कि भ्याक्सिन आफैंमा सुरक्षित हुनैपर्छ ।’

१८ जुनमा मस्कोस्थित सेचेनोभ विश्वविद्यालयमा भ्याक्सिनको क्लिनिकल ट्रायल सुरु भएको थियो । ३८ स्वयंम्सेवक सहभागी भएको अध्ययनमा यसले सुरक्षा प्रोटोकल पूरा गरेको रुसको दाबी छ । रुसका अनुसार क्लिनिकल ट्रायलमा सहभागी सबैमा संक्रमणविरुद्ध इम्युनिटी विकास भएको थियो । 

रुसले तिव्र गतिमा भ्याक्सिन निर्माण गर्न सफल हुँदा पश्चिमा देशका केही व्यक्तिहरुको आँखीभैं ठाडो भएको पनि आरटीमा प्रकाशित समाचारमा उल्लेख छ । 

‘तर, सेचेनोभका शीर्ष वैज्ञानिक भादिम तारासोभले भनेका छन् कि रुसले पछिल्ला २० वर्ष भाइरसको अध्ययनबारे क्षमता विकासमा काम गरिरहेको छ र कसरी भाइरसहरु फैलन्छन् भन्नेबारे बुझ्ने गर्ने प्रयास गरिरहेको छ,’ समाचारमा उल्लेख छ । 

विश्वमा कोरोनाबाट सर्वाधिक प्रभावित शीर्ष ४ देशमध्ये रुस एक हो । यहाँ ८ लाख ७० हजारभन्दा धेरैमा संक्रमण देखिएको छ भने १४ हजार ७ सय २५ जनाको मृत्युभइसकेको छ । रुसभन्दा धेरै संक्रमण अमेरिका, ब्राजिल र भारतमा देखिएको छ । 

एडेनोभाइरस नामक कमन कोल्डमा आधारित रहेर रुसले भ्याक्सिन विकास गरेको हो । भ्याक्सिनको अध्ययनका लागि लगानी गरेको रुसको सोभर्जियन वेल्थ फन्डका प्रमुख किरिल डिमिट्रिइभले गत साता भ्याक्सिन निर्माणको प्रक्रियालाई अन्तरिक्ष यान बनाउने प्रतिस्पर्धासँग जोडेका थिए । 

‘अमेरिकीहरुले जब स्पुटनिक (सोभियत यूनियनले बनाएको विश्वको पहिलो अन्तरिक्ष यान) को आवाज सुने, त्यतिबेला उनीहरु आश्चर्यमा परे । अहिले भ्याक्सिनसँग यस्तै भएको छ । रुसले पहिले यो हासिल गर्नेछ,’ उनले युएस टिभीसँग भनेका थिए । 

स्रोत आरटी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ