१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनले ल्यायो सातै प्रदेशमा अस्थायी आश्रयस्थल भवन निमार्णको अवधारणा

२५ श्रावण २०७७, आईतवार ०५:४६

सुरज भण्डारी । साउन २५, टेक्सस (अमेरिका)। गैरआवासीय नेपाली सङ्घले नेपालको सातवटै प्रदेशमा अस्थायी आश्रयस्थल भवन निमार्णको अवधारणा अघि सारेको छ । विभिन्न समयमा आउने प्राकृतिक विपत्तिदेखि लिएर अन्य कारणले घरवारविहीन हुन परेकालाई अस्थायीरूपमा आश्रय दिने प्रयोजनले अस्थायी आश्रयस्थल भवन निर्माणको अवधारणा अघि सारिएको सङ्घले जनाएको छ ।

सङ्घीय सरकार हुँदै प्रदेश सरकारसंगको सहकार्यमा अस्थायी आश्रयस्थल निर्माण गर्ने गरी अवधारणा अघि सारिएको सङ्घका महिला उपाध्यक्ष एवं सङ्घको वन एनसिसी वन च्यारिटी प्रोजेक्टका प्रमुख रविना थापाले जानकारी दिनुभयो ।

केन्द्रीय, प्रदेश हुँदै स्थानीय सरकारसंगको समन्वयमा सातवटै प्रदेशमा अस्थायी आश्रयस्थल बनाउनेबारे सङ्घले अवधारणा अघि सारेको जानकारी दिनुभयो । अहिले यस योजना प्रारम्भिक चरणमा रहेको र स्थानीय सरकारले जग्गा उपलब्ध गराउने र त्यसमा भवन निर्माण एनआरएनएले गरिदिने अवधारणा रहेको छ ।  उहाँले एउटा भवन बनाउन करिब रु एक करोडको खर्च अनुमान गरिएको बताउनुभयो ।

“समय–समयमा आउने प्राकृतिक विपत्तिका कारण घरबारविहीन भएकाहरुदेखि लिएर अहिले नै पनि कोरोना सङ्क्रमितलाइ क्वारेन्टिनमा राखौँभन्दा पनि हामीस“ग त्यस्तो कुनै संरचना छैन । यसबाहेक पनि विदेशबाट अहिले फर्किएकाहरुलाई राख्नका लागि पनि हामीसंग कुनै पूर्वाधार छैन”, एनआरएनएका उपाध्यक्ष थापाले भन्नुभयो, “कुनै पनि कारणले घरबारविहीन हुन परेकालाई अस्थायीरूपमा बसोबासको प्रबन्ध गराउनका लागि एउटा अस्थायी सेल्टरको आवश्यकता देखेर यसका लागि एनआरएनएले अवधारणा अघि सारेको हो । यस्ता सेल्टरहरु निर्माणले समस्यामा परेकालाई अस्थायीरूपमा व्यवस्थापनका लागि सहज हुन्छ भने सरकारले चाह“दा पनि ‘सर्टटर्म’का लागि प्रयोग गर्न सक्ने पूर्वाधारको रूपमा यो रहन्छ ।”

प्रदेशको पायक पर्ने स्थानमा यस्ता सेल्टर निर्माण गर्नका लागि सङ्घले चरणबद्वरूपमा प्रक्रिया अघि बढाउने र त्यसका लागि आवश्यक पर्ने सहयोग एनआरएनहरुबाटै सङ्कलन गर्ने लक्ष्य रहेको छ ।  निर्माण सङ्घले गर्ने भए पनि सञ्चालन सरकार वा सरकारका अङ्ग मातहत गर्न सक्दा सहज हुने भएकाले त्यसरी संरचनाको विकास गरिने छ ।

विश्वभरि रहेका सङ्घका राष्ट्रिय समन्वय परिषद् र एनआरनहरुबाट नेपालमा एकत्रित ढङ्गबाट सेवामूलक कार्यमा लगानी गर्नका लागि सङ्घले दुरगामी महत्वका योजना अघि बढाइरहेको उपाध्यक्ष थापाले बताउनुभयो ।  रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का