२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनले ल्यायो सातै प्रदेशमा अस्थायी आश्रयस्थल भवन निमार्णको अवधारणा

२०७७, २५ श्रावण आईतवार ०५:४६

सुरज भण्डारी । साउन २५, टेक्सस (अमेरिका)। गैरआवासीय नेपाली सङ्घले नेपालको सातवटै प्रदेशमा अस्थायी आश्रयस्थल भवन निमार्णको अवधारणा अघि सारेको छ । विभिन्न समयमा आउने प्राकृतिक विपत्तिदेखि लिएर अन्य कारणले घरवारविहीन हुन परेकालाई अस्थायीरूपमा आश्रय दिने प्रयोजनले अस्थायी आश्रयस्थल भवन निर्माणको अवधारणा अघि सारिएको सङ्घले जनाएको छ ।

सङ्घीय सरकार हुँदै प्रदेश सरकारसंगको सहकार्यमा अस्थायी आश्रयस्थल निर्माण गर्ने गरी अवधारणा अघि सारिएको सङ्घका महिला उपाध्यक्ष एवं सङ्घको वन एनसिसी वन च्यारिटी प्रोजेक्टका प्रमुख रविना थापाले जानकारी दिनुभयो ।

केन्द्रीय, प्रदेश हुँदै स्थानीय सरकारसंगको समन्वयमा सातवटै प्रदेशमा अस्थायी आश्रयस्थल बनाउनेबारे सङ्घले अवधारणा अघि सारेको जानकारी दिनुभयो । अहिले यस योजना प्रारम्भिक चरणमा रहेको र स्थानीय सरकारले जग्गा उपलब्ध गराउने र त्यसमा भवन निर्माण एनआरएनएले गरिदिने अवधारणा रहेको छ ।  उहाँले एउटा भवन बनाउन करिब रु एक करोडको खर्च अनुमान गरिएको बताउनुभयो ।

“समय–समयमा आउने प्राकृतिक विपत्तिका कारण घरबारविहीन भएकाहरुदेखि लिएर अहिले नै पनि कोरोना सङ्क्रमितलाइ क्वारेन्टिनमा राखौँभन्दा पनि हामीस“ग त्यस्तो कुनै संरचना छैन । यसबाहेक पनि विदेशबाट अहिले फर्किएकाहरुलाई राख्नका लागि पनि हामीसंग कुनै पूर्वाधार छैन”, एनआरएनएका उपाध्यक्ष थापाले भन्नुभयो, “कुनै पनि कारणले घरबारविहीन हुन परेकालाई अस्थायीरूपमा बसोबासको प्रबन्ध गराउनका लागि एउटा अस्थायी सेल्टरको आवश्यकता देखेर यसका लागि एनआरएनएले अवधारणा अघि सारेको हो । यस्ता सेल्टरहरु निर्माणले समस्यामा परेकालाई अस्थायीरूपमा व्यवस्थापनका लागि सहज हुन्छ भने सरकारले चाह“दा पनि ‘सर्टटर्म’का लागि प्रयोग गर्न सक्ने पूर्वाधारको रूपमा यो रहन्छ ।”

प्रदेशको पायक पर्ने स्थानमा यस्ता सेल्टर निर्माण गर्नका लागि सङ्घले चरणबद्वरूपमा प्रक्रिया अघि बढाउने र त्यसका लागि आवश्यक पर्ने सहयोग एनआरएनहरुबाटै सङ्कलन गर्ने लक्ष्य रहेको छ ।  निर्माण सङ्घले गर्ने भए पनि सञ्चालन सरकार वा सरकारका अङ्ग मातहत गर्न सक्दा सहज हुने भएकाले त्यसरी संरचनाको विकास गरिने छ ।

विश्वभरि रहेका सङ्घका राष्ट्रिय समन्वय परिषद् र एनआरनहरुबाट नेपालमा एकत्रित ढङ्गबाट सेवामूलक कार्यमा लगानी गर्नका लागि सङ्घले दुरगामी महत्वका योजना अघि बढाइरहेको उपाध्यक्ष थापाले बताउनुभयो ।  रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित