२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वमा कोरोना संक्रमणबाट मर्नेको संख्या ७ लाख ३९ हजार नाघ्यो, कुन महादेशमा कति ?

२०७७, २७ श्रावण मंगलवार ०७:३९

साउन २७, जेनेभा । (रासस/एएफपी)। विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड २ लाख नाघेको छ  । विश्व स्वास्थ्य (डब्लुएचओ) ले मङ्गलबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २ लाख ५९ हजार ५६४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी सात लाख ३९ हजार २१२ जनाको मृत्यु भएको पनि सो सङ्गठनले जनाएको छ ।  मङ्गलबारसम्म विश्वभरीमा एक करोड ३१ लाख ९० हजार ५१६ जना व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । 

विश्वभरमा हाल ६३ लाख २९ हजार ८३६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६४ हजार ६९५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५२ लाख ५१ हजार ४४६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६६ हजार १९२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४८ लाख  २६६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ६१ हजार २८३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा  ६१ लाख ८२ हजार ५४४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख ३६ हजार २२७ जनाको मृत्यु भएको छ ।

युरोपमा ३० लाख ६४ हजार ७२१ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख छ हजार ४०५ को मृत्यु भएको छ । एसिया ५१ लाख २५ हजार ३९४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ११ हजार २५३ जनाको मृत्यु भएको छ । 

अफ्रिकामा दश लाख ६१ हजार ९८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २३ हजार ६४३ जनाको मृत्यु भएको छ ।  ओसियानामा २३ हजार ६५९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३५७ जनाको मृत्यु भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल