१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाको मुख्य सीमा सहरमा लकडाउन घोषणा

३० श्रावण २०७७, शुक्रबार ०९:१७

साउन ३०, सोल (रासस/एपी)। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गर्नुभएको छ । छिमेकी दक्षिण कोरियासँगको सिमानामा पर्ने सहर कायसोङमा लकडाउन लगाइएको समाचारमा जनाइएको छ । लकडाउन लगाइएको सहरका हजारौ मानिस अहिले क्वारेन्टइनमा रहेको अधिकारीहरुले जनाएका छन् ।

बिहिबार बसेको सत्तारुढ दलको पार्टीको बैठकमा सर्वोच्च नेता उनले विदेशी कुनै पनि सहयोग स्विकार नगर्ने जानकारी गराउनुभएको थियो । उहाँले सवै सीमा नाका बन्द गरिरहनु पर्नेमा पनि जोड दिनुभएको सरकारी सञ्चार माध्यमले शुक्रबार जनाएको छ । 

उत्तर कोरियाले कोरोनाभाइरस विरुद्ध आक्रामक रुपमा आफै लड्ने तयारी भइरहेको पनि जानकारी दिएको छ । साथै हालैका दिनमा बाढीका कारण भत्किएका घर, सडक र पुलहरुको पुनर्निर्माण गर्ने कार्यलाई समेत तिब्रता दिएको उहाँले बताउनुभयो । 

उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले मन्त्रीपरिषद्का सदस्यहरुको जिम्मेवारी हेरफेर पनि गरिएको जनाएको छ ।सर्वोच्च नेता उनले महत्वकांक्षासहित गत बर्षको डिसेम्बरमा पाँच वर्षे राष्ट्रिय विकास योजना घोषणा गर्नुभएको थियो ।

तर कतिपय विज्ञहरुले भने कोरोनाका कारण उत्तर कोरियामा थप आर्थिक संकटमा पर्नसक्ने विश्लेषण गरेका छन् बैठकमा नेता किमले तीन हप्तापछि कोरोनाभाइरसको महामारी स्थिर अवस्थामा पुग्ने जानकारी दिनुभयो । नेता उनले यसअघि गत जुलाई अन्त्य तिर पनि पूर्ण लकडाउन तथा संकटकालको घोषणा गर्नुभएको थियो । त्यस बेला धेरै प्रतिवन्धात्मक व्यवस्थाहरु लागु गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का