१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्लीमा गत २४ घण्टामा एक हजार १९२ कोभिड–१९ सङ्क्रमित, एघारको मृत्यु

३० श्रावण २०७७, शुक्रबार १३:३४

साउन ३०, नयाँ दिल्ली | भारतको राजधानी शहर नयाँ दिल्लीमा गत २४ घण्टाको अवधिमा थप एक हजार १९२ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने थप ११ सङ्क्रमितको मृत्यु भएको राज्य सरकारले जानकारी गराएको छ ।

योसँगै दिल्लीमा शुक्रबारसम्म सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या एक लाख ५० हजार ६५२ पुगेको छ । दिल्लीमा चार हजार १७४ सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ । राष्ट्रिय राजधानीमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ३६६ पुगेको छ । 

दिल्लीमा शुक्रबार कोरोना सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या ७९० रहेको छ भने अहिलेसम्म एक लाख ३५ हजार १०८ सङ्क्रमित निको भई घर फर्किएका छन् ।

दिल्लीमा हालसम्म १२ लाख ७३ हजार १४० को कोभिड–१९ परीक्षण गरिएको छ । 

संघीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा गत २४ घण्टामा सङ्क्रमितको सङ्ख्या ६४ हजार ५५३ पुगेको छ भने एक हजार सङ्क्रमितको मृत्यु भएको छ । 

भारतभर कूल सङ्क्रमितको सङ्ख्या २४ लाख ६१ हजार १९१ रहेको छ भने छ लाख ६१ हजार ५९५ अझै सङ्क्रमित अवस्थामा रहेका छन् । सङ्क्रमितमध्ये देशभर ४८ हजार ४० जनाको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का