२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा एकैदिनमा मार्चपछिकै सबैभन्दा धेरै कोरोना सङ्क्रमित, नेपालीको अवस्था के छ ?

३२ श्रावण २०७७, आईतवार १०:३१

साउन ३२, काठमाडौं । रासस/एपी । दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकैदिनमा मार्च महिना पछिकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । अधिकारीहरुले दिएको जानकारी अनुसार गत मार्चदेखि अहिलेसम्ममा दैनिक सङ्क्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै देखिएको छ । 

उनीहरुका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा २७९ जना नयाँ सङ्क्रमित भेटिएका छन् । योसँगै दक्षिण कोरियामा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या १५ हजार ३८१ पुगेको छ । कोरियाली रोग नियन्त्रण केन्द्रले आइतबार सार्वजनिक गरेको विवरण अनुसार दक्षिण कोरियामा कोरोनाका कारण अहिलेसम्म ३०५ जनाको मृत्यु भएको छ । 

अधिकारीहरुका अनुसार गत मार्च ८ मा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै ३६७ जना सङ्क्रमित भएका थिए । कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या बढेकाले दक्षिण कोरियामा उच्च स्वास्थ्य सतर्कता अपनाइएको छ भने कतिपय प्रतिबन्धात्मक व्यवस्था लागु गरिएको छ । पछिल्लो समयमा भेटिएका नयाँ सङ्क्रमितमध्ये २५३ जना राजधानी सोलका मात्रै रहेको रोग नियन्त्रण केन्द्रले जनाएको छ । 

सङ्क्रमण फैलिन नदिनका लागि सरकारी तथा स्वास्थ्य अधिकारीहरुले चर्च, नर्सिङ् होम, विद्यालय, रेष्टुरेन्टलगायतमा विषेश ध्यान दिएका छन् । देशका अन्य मुख्य सहरहरु बुसन, डेगुलगायतमा पनि सङ्क्रमण फैलिएका विवरणहरु आइरहेका छन् । ती ठाउँहरुमा गत फेब्रअरी र मार्चमा कोरोनाभाइरसको सङ्क्रमणका केन्द्रविन्दुहरु भएका थिए । जहाँ दैनिक सयौँ नयाँ नयाँ सङ्क्रमितहरु भेटिने गरेका थिए ।  

सङ्क्रमितहरुको सङ्ख्याका आधारमा दक्षिण कोरियाली सरकारले आम नागरिकका गतिविधिमा कहिले कडाई गर्ने र कहिले खुकुलो पार्ने कार्य गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का