२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानका प्रधानमन्त्री आबेको ऐतिहासिक कार्यकाल

८ भाद्र २०७७, सोमबार ०७:३३

भदौ ८, टोकियो (रासस–एपी) | जापानका प्रधानमन्त्री शिन्जो आबे जापानको इतिहासमै सबैभन्दा लामो अवधिसम्म लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुनु भएको छ । तर कोरोनाभाइरसका कारण कुनै औपचारिक समारोह गर्नुको साटो प्रधानमन्त्री आबे दोस्रो पटक स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्नु भएको छ । 

सन् २०१२ को अन्त्यतिर दोस्रो कार्यकालका लागि चुनिनु भएका प्रधानमन्त्री आबे सोमबारसम्ममा लगातार २ हजार ७७९औं दिन प्रधानमन्त्री पदमा रहन सफल हुनु भएको छ । यसअघि सन् १९६४ देखि १९७२ सम्म तत्कालीन प्रधानमन्त्री आइसाकु सातोले लगातार २ हजार ७९८ दिन प्रधानमन्त्री पदमा रहेर यो सफलता प्राप्त गर्नु भएको थियो । 

अर्को महिना ६६ वर्षमा प्रवेश गर्नुहुने आबेले गत वर्षको नोभेम्बरमै देशको सर्वाधिक लामो अबधिसम्म प्रधानमन्त्री हुने रेकर्ड पनि पार गरिसक्नु भएको छ । 

स्वास्थ्यका कारण प्रधानमन्त्री आबेको पहिलो कार्यकाल १३ वर्षअघि एकाएक अबरुद्ध भएको थियो । त्यसबखत उहाँ एक वर्षमात्र प्रधानमन्त्रीमा रहनु भएको थियो । अहिले पनि उहाँको स्वास्थ्य अवस्थामा समस्या उत्पन्न हुन थालेको छ । पछिल्लो एक साताको अवधिमा उहाँ दोस्रो पटक सोमबार स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्नु भएको छ । 

दोस्रो पटक अस्पताल पुग्नेक्रममा संवाददाताहरुसँग कुरा गर्दै प्रधानमन्त्री आबेले आफू अघिल्लो पटक गरिएको स्वास्थ्य परीक्षणको नतिजा बुझ्न र थप परीक्षण गराउन आएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “मेरो स्वास्थ्य अहिले ठीक छ, र म अझ कडा मिहिनेत गर्न चाहन्छु ।”

अघिल्लो सोमबार प्रधानमन्त्री आबेले टोकियोस्थित कियो युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षणका लागि सात घण्टा बिताउनु भएको थियो । जापानी संचार माध्यमहरुले प्रधानमन्त्री आबेको स्वास्थ्य निरन्तर खस्किदै गएको अनुमान गरेका छन् । 

आबेको मन्त्रिपरिषदका वरिष्ट सदस्यहरु एवं अर्थमन्त्री तारो आसो समेतका सत्तारुढ दलका नेताहरुले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आरामको जरुरत रहेको बताउनु भएको छ । प्रधानमन्त्री कार्यालयको समाचार संकलन गर्ने संचारकर्मीहरुले प्रधानमन्त्री आबे निकै थकित देखिन थाल्नु भएको र विगतको जस्तो फुर्तिलोगरी हिँड्न नसक्ने अवस्थामा पुग्नु भएको बताएका छन् ।  

गत साता प्रधानमन्त्री आबेले कार्यालयमा निकै कम समय दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का