२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० हजारभन्दा बढी

२०७७, १५ भाद्र सोमबार ०६:१३

भदौ १५, ब्रासिलिया । (रासस/एएनआई) । कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घन्टाभित्र १६ हजार जनाभन्दा बढीको संख्यामा सङ्क्रमितहरु भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा मात्र १६ हजार १५८ जना कोभिड १९ का सङ्क्रमित भेटिएका बताइएको हो । तर अधिकारीहरुले यो संख्या भने पहिलेको भन्दा कम भएको पनि बताएका छन् ।

त्यसैगरी यहाँ गएको २४ घन्टामा ३६० जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ ३६० जनाको गएको २४ घन्टामा नै निधन भएको हो ।यहाँ यस अघिका दिनहरुको तुलनामा सङ्क्रमितको संख्यामा भने कमी आएको बताइएको छ । प्राप्त समाचारमा यहाँ अघिल्लो हप्तामा दिनमा ५० हजार जना सम्ममा पनि सङ्क्रमण देखिएको थियो । तर त्यो संक्रमणको संख्या घटेर १६ हजारमा आएको देखिएको छ । सङ्क्रमितको संख्याका साथै मृत्युमा पनि कमी आएको पनि सो मन्त्रालयले जानकारी दिएको छ । 

सो मन्त्रालयले दिएको जानकारीअनुसार ब्राजिलमा मृत्यु हुने संक्रमितको संख्या १ लाख २० हजार ८०० पुगेको छ । यहाँ सङ्क्रमित संख्या लाखौँ  पुगेका  छ । प्राप्त पछिल्लो समाचारअनुसार यहाँ ३८ लाख ६२ हजार ३११ जनामा सङ्क्रमण भएको पाइएको छ । शनिबार मात्र पनि यहाँ ४० हजारजना भन्दा बढी सङ्क्रमित भेटिएका थिए । त्यस्तै मृत्युको संख्या ७०० भन्दा पनि बढी थियो । त्यसको तुलनामा आइतबार कम देखिएको बताइएको छ ।

यहाँका ३० लाखभन्दा बढी नागरिक भने निको भएर घर फर्किएका छन् । यहाँ संयुक्त राज्य अमेरिकापछि धेरै संक्रमित देखिएका बताइएको । ब्रालिज लामो समयदेखि नै अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुने देशको सूचीमा रहेको छ । अमेरिकामा कोरोना भाइरसका करिब ६० लाख मानिस सङ्क्रमित पाइएका छन् । पछिल्लो समाचारमा अमेरिकामा मात्र कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १ लाख ८३ हजार पुगेको बताइएको छ । अमेरिकामा संक्रमण र मृत्युको संख्या दिनप्रतिदिन बढिरहेको देखिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ