२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाद्वारा एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा रद्द

२५ भाद्र २०७७, बिहीबार ०८:१०

भदौ २५,  वासिङ्टन । (रासस/एएनआई)। अमेरिकी ट्रम्प प्रशासनले एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शंकास्पद पहुँच हासिल गरेको भन्दै चिनियाँ विद्यार्थी र अनुसन्धाताको भिसा रद्द गरेको हो । 

विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपतिको आदेश बमोजिम सेप्टेम्बर ८, २०२० सम्ममा एक हजारभन्दा बढीको भिसा रद्द गरिएको जानकारी दिए । यद्यपी संयुक्तराज्य अमेरिकामा अध्ययन र अनुसन्धानको अनुमति प्राप्त गरेका कूल चिनियाँ विद्यार्थीको अनुपातमा भिसा रद्द गरिएको यो संख्या निकै कम हो ।

चीनको सेनासँग निकट सम्बन्ध रहेका चिनियाँ स्नातक विद्यार्थी र अनुसन्धाताहरुको अमेरिका प्रवेशमा कडाई गर्नेगरी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन १ तारिखमा एउटा आदेशमा हस्ताक्षर गर्नु भएको थियो । रासस 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का