२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड १९ विरुद्धको खोप परीक्षण प्रभावकारी भएको युएईको ठहर

२०७७, ३० भाद्र मंगलवार ०५:०३

भदौ ३०, काठमाडौं । युएईले कोभिड १९ को महामारी नियन्त्रणमा अग्रमोर्चामा खटिएका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउने अनुमति दिएको छ । युएईले सोमवार यस्तो अनुमति दिएको स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् ।

युएईका स्वास्थ्य मन्त्री अव्दुल रहमान अल वाइसले तेश्रो चरणको परीक्षणमा कोभिड १९ विरुद्धको खोप प्रभावकारी देखिएको र सो खोपले शरिरमा एन्टीबडी तयार गरेको जनाएका छन् । पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रीले खोप प्रभावकारी देखिएको र यो सुरक्षित रहेको पाइएका जनाएको गल्फ न्यूजले लेखेको छ ।

युएई लगायतका १ सय २५ मुलुकका ३१ हजार व्यक्तिमा पछिल्लो ६ हप्ता गरिएको परीक्षणमा सो खोप सुरक्षित तथा प्रभावकारी रहेको स्थानीय स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यसमध्ये १ हजार दिर्घरोगिहरुमा पनि सफलतापूर्वक सो खोपको सफल परीक्षण गरिएको उल्लेख छ ।

प्रारम्भीक नतिजा उत्साहजनक रहेको र यसको थप अध्ययन जारी रहने समाचारमा जनाइएको छ । सो खोपको साईड ईफेक्ट सामान्य रहेको र अन्य खोपको जस्तो गम्भीर नरहेको जनाइएको छ । युएईमा चीनको सिनोभ्याकले उत्पादन गरेको खोपको परीक्षण भइरहेको थियो । समाचारमा कुन मुलुकले उत्पादन गरेको खोपलाई अग्रमोर्चामा खटिनेहरुलाई लगाउन अनुमति दिइएको हो भन्ने स्पष्ट खुलाइएको छैन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक