२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा ७९ हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित

४ आश्विन २०७७, आईतवार १६:०९

असोज ४, काठमाडौँ | जापानमा विगत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४८० रहेको र थप चार सङ्क्रमितको मृत्यु भएको सरकारद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । यो तथ्याङ्कसँग जापानमा कूल सङ्क्रमितको सङ्ख्या ७९ हजार २६० पुगेको छ भने पानी जहाजमा मृत्यु भएका १४ सहित एक हजार ५२० जनाको मृत्यु भएको छ ।

पहिलो चरणको सङ्क्रमणलाई करिब नियन्त्रण गर्न सफल जापानमा दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या दैैनिक बढ्न थालेपछि जापानले नियन्त्रणका लागि सामाजिक दूरी कायम लगायतका कडा उपायहरूलाई अवलम्बन गर्दै आएकोमा शनिबारदेखि यसलाई केही खुकुलो पारेको छ ।

यो वर्षको सुरुमा टोकियोको नजिकको योकोहामामा ‘क्वारेन्टाइन’ मा राखिएको डायमण्ड प्रिन्सेस नामक यात्रुबाहक पानीजहाजमा भेटिएका ७१२ सङ्क्रमितहरूको सङ्ख्या नै एकै स्थानमा भेटिएका धेरै सङ्क्रमितको सङ्ख्या हो ।  यद्यपि यसलाई जापानले तथ्याङ्कमा समावेश गर्ने गरेको छैन ।  

स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये १५९ जनामा गम्भीर समस्या रहेको र उनीहरूलाई भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ । 

सङ्क्रमणको हिसाबले मुख्य केन्द्र मानिएको राजधानी टोकियोमा आइतबार मात्रै १६२ नयाँ सङ्क्रमित व्यक्ति भेटिएका छन् । टोकियोमा मात्रै सङ्क्रमित हुनेको सङ्ख्या २४ हजार २०८ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का