2026-06-27 11:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा ७९ हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित

असोज ४, काठमाडौँ | जापानमा विगत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४८० रहेको र थप चार सङ्क्रमितको मृत्यु भएको सरकारद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । यो तथ्याङ्कसँग जापानमा कूल सङ्क्रमितको सङ्ख्या ७९ हजार २६० पुगेको छ भने पानी जहाजमा मृत्यु भएका १४ सहित एक हजार ५२० जनाको मृत्यु भएको छ ।

पहिलो चरणको सङ्क्रमणलाई करिब नियन्त्रण गर्न सफल जापानमा दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या दैैनिक बढ्न थालेपछि जापानले नियन्त्रणका लागि सामाजिक दूरी कायम लगायतका कडा उपायहरूलाई अवलम्बन गर्दै आएकोमा शनिबारदेखि यसलाई केही खुकुलो पारेको छ ।

यो वर्षको सुरुमा टोकियोको नजिकको योकोहामामा ‘क्वारेन्टाइन’ मा राखिएको डायमण्ड प्रिन्सेस नामक यात्रुबाहक पानीजहाजमा भेटिएका ७१२ सङ्क्रमितहरूको सङ्ख्या नै एकै स्थानमा भेटिएका धेरै सङ्क्रमितको सङ्ख्या हो ।  यद्यपि यसलाई जापानले तथ्याङ्कमा समावेश गर्ने गरेको छैन ।  

स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये १५९ जनामा गम्भीर समस्या रहेको र उनीहरूलाई भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ । 

सङ्क्रमणको हिसाबले मुख्य केन्द्र मानिएको राजधानी टोकियोमा आइतबार मात्रै १६२ नयाँ सङ्क्रमित व्यक्ति भेटिएका छन् । टोकियोमा मात्रै सङ्क्रमित हुनेको सङ्ख्या २४ हजार २०८ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी