१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाका कारण भारतमा एकै दिनमा १,१४१ जनाको मृत्यु

९ आश्विन २०७७, शुक्रबार ०९:२४

असोज ९, नयाँदिल्ली । नयाँदिल्ली, ९ असोज (रासस/एएनआई) : भारतमा कोरानाभाइरसबाट सङ्क्रमित भएका मध्ये एकै दिनमा एक हजार १४१ जनाको मृत्यु भएको छ । 

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार ५२ जना नयाँ सङ्क्रमितहरु थपिएका छन् । 

योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ५८ लाखभन्दा बढी पुगेको अधिकारीहरुले बताएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म ५८ लाख १८ हजार ५७१ जना सङ्क्रमित भएका हुन् । 

कुल सङ्क्रमितमध्ये अहिले नौ लाख ७० हजार ११६ जना मात्रै सक्रिय सङ्क्रमित अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमित भएका मध्ये ४७ लाख ५६ हजार १६५ जना सङ्क्रमणमुक्त भएका छन् भने ९२ हजार २९० जनाको कोरोनाकै कारण मृत्यु भएको छ । 

भारतमा अहिलेसम्म छ करोड ८९ लाख २८ हजार ४४० जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल