२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगान सरकार शान्तिप्रति प्रतिबद्ध देखिएनः तालिबान

२०७७, १२ आश्विन सोमबार ०५:५३

असोज १२, काबुल (रासस/एएनआई)। अफगानिस्तानमा युद्धरत प्रमुख विद्रोही समूह तालिबानले संयुक्तराज्य अमेरिका र तालिबानबीच भएको सम्झौताका शर्तहरुलाई स्वीकार्न अफगान सरकारले नचाहेको आरोप लगाएको छ । 

अन्तर–अफगान शान्तिवार्तामा तालिबानका तर्फबाट सहभागी वार्ताटोलीका सदस्य खैरुल्लाह खैरख्वाले आफूहरु संयुक्तराज्य अमेरिकासँग भएको सम्झौता बमोजिम अफगान सरकारसँग वार्तामा बसेको स्पष्ट गर्दै तर अफगान सरकार वार्ताप्रति गम्भीर नदेखिएको बताउनुभयो । 

उहाँले गत फेब्रुअरी २९ मा तालिबान र संयुक्तराज्य अमेरिकाबीच भएको सम्झौतालाई मान्यता दिन अफगान सरकारले हिच्किचाइरहेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “विवादको चुरो भनेकै अफगान सरकारले तालिबान–अमेरिकाबीचको सहमतिलाई बेवास्ता गर्न खोज्नु हो ।”

तालिबान–अमेरिकाबीचको सम्झौताले अन्तर–अफगान वार्ताका लागि ढोका खोलेको थियो । सम्झौता बमोजिम एकअर्काका कब्जामा र जेलमा रहेका युद्धबन्दीहरु मुक्त गरिएका थिए । केही महिनाको ढिलाइका बाबजूद अफगान सरकार र तालिबानबीच शान्तिवार्ता गत सेप्टेम्बर १२ देखि कतारको राजधानी दोहामा जारी छ । तर दुबै पक्षबीच वार्ता शुरु भएपनि अफगानिस्तानमा हिंसात्मक घटना जारी रहेका छन् । 

यसैबीच, अफगान शान्तिवार्ताबारे पाकिस्तानी उच्च पदाधिकारीसँग छलफल गर्न अफगानिस्तानको राष्ट्रिय मेलमिलाप परिषदका अध्यक्ष अब्दुल्लाह अब्दुल्लाह सोमबार पाकिस्तानको तीन दिने भ्रमणका लागि प्रस्थान गर्नु भएको छ । पाकिस्तानी विदेश मन्त्रालयका अनुसार अब्दुल्लाहका साथ उच्चस्तरीय अफगान प्रतिनिधिमण्डल रहनेछ । अब्दुल्लाहले पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्नु हुनेछ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित