2026-06-27 11:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा ५० लाखभन्दा बढी कोरोना संक्रमित निको

असोज १२, नयाँ दिल्ली (रासस/एएनआई) । भारतमा कम्तीमा पनि ५० लाख कोरोना सङ्क्रमित निको भएका बताइएको छ । भारतीय सरकारले यहाँ पछिल्लो समयमा निको हुने दर बढेको बताउँदै अहिलेसम्ममा कम्तीमा पनि ५० लाखलाई निको भएको बताएको हो ।

त्यसैगरी भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो समयमा अर्थात गएको ११ दिनमा मात्र १० लाखभन्दा बढी यसका सङ्क्रमितहरु निको भएका बताएको छ । सो मन्त्रालयले गएको जुन महिनाको ३० तारिखमा मात्र यहाँका १ लाख मात्र नागरिक निको भएको तथ्यांक रहेकोमा अहिले सो संख्या ५० लाख पुगेको जनाएको छ ।

सो मन्त्रालयले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुरा जनाइएको छ । उक्त विज्ञप्तिका अनुसार भारतमा हाल हरेक दिन कम्तीमा पनि ९० हजार जना सङ्क्रमितहरु निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य संरचना तथा पूर्वाधारका साथै पछिल्ला दिनहरुमा जनस्वास्थ्यका मापदण्डहरुको पालना गरेका कारण निको हुने दर बढेको पनि सो विज्ञप्तिमा जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी