२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कोरोना परीक्षण अब एन्टिजेन किटबाट, ५८८ रुपैयाँ लाग्ने, नतिजा १५–३० मिनेटमै’ : डब्लूएचओ

२०७७, १३ आश्विन मंगलवार ०८:०६

असोज १३,  जेनेभा । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) कोरोना भाइरस संक्रमण पहिचानका लागि छिटाछरितो र सर्वसुलभ तरिकाबाट परीक्षण गरिने बताएको छ । डब्लूएचओका अनुसार न्यून र मध्यम आय भएका मुलुकहरुमा कम शुल्क र छिटो परीक्षण गरी कोरोना भाइरस संक्रमितको पहिचान गरिने भएको छ । यो परीक्षणका लागि ५ अमेरिकी डलर (५८८ नेपाली रुपैयाँ) लाग्ने र १५ देखि ३० मिनेटमा परीक्षणको नतिजा आउने बताइएको छ ।

कोरियाली कम्पनी एसडी बायोसेन्सरले बनाएको कोभिड-१९ एजी टेस्ट किट तस्बिर : एसडी बायोसेन्सर डट कम

सोमबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लूएचओले दिएको जानकारीअनुसार ६ महिनाभित्र एन्टिजेनमा आधारित १२ करोड ‘ऱ्यापिड डायग्नोस्टिक टेस्ट’ गरिनेछ ।

यो परीक्षण गर्भ परीक्षण जस्तै हुने बताइएको छ । टेस्ट किटमा दुई वटा निलो धर्सा देखिए कोरोना पोजिटिभ भएको मानिने पनि डब्लूएचओले बताएको छ । यो परीक्षण चिकित्सक र प्रयोगशाला कम भएका देशहरुमा प्रभावकारी हुने बताइएको छ ।

परीक्षणका लागि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन र टेस्ट किट उत्पादक कम्पनीहरु एबोट र एसडी बायोसेन्सरसँग सम्झौता भएको छ । सम्झौताअनुसार कम आम्दानी भएका विश्वका १३३ देशहरुमा परीक्षण किट उपलब्ध गराइनेछ । जसमा कोरोना महामारीबाट अतिप्रभावित ल्याटिन अमेरिकी देशहरु पनि रहेका छन् । यसका लागि ग्लोबल फन्डबाट सुरुवाती चरणमा ५० मिलियन अमेरिकी डलर छुट्याइएको छ ।

डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानेमा गेहेब्रेयससले यसलाई कोरोना परीक्षणको कोशेढुंगाका रुपमा लिएका छन् । कोरोना परीक्षण र नतिजा आउनलाई लाग्ने समयले गर्दा कोरोना संक्रमण रोकथाममा चुनौती देखिएको भन्दै अब त्यसलाई न्यूनीकरण गर्न यो सम्झौताले महत्वपूर्ण योगदान पुऱ्याउने उनले बताए ।

‘सजिलै लिएर हिँड्न सकिने र सहज तरिकाको नयाँ परीक्षणको नतिजा १५ देखि ३० मिनेटसम्ममा आउँछ, अब परीक्षणको नतिजाका लागि केही दिन कुर्नपर्ने बाध्यता हट्छ,’ महानिर्देशक टेड्रोसले भने । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ