२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कोरोना परीक्षण अब एन्टिजेन किटबाट, ५८८ रुपैयाँ लाग्ने, नतिजा १५–३० मिनेटमै’ : डब्लूएचओ

१३ आश्विन २०७७, मंगलवार ०८:०६

असोज १३,  जेनेभा । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) कोरोना भाइरस संक्रमण पहिचानका लागि छिटाछरितो र सर्वसुलभ तरिकाबाट परीक्षण गरिने बताएको छ । डब्लूएचओका अनुसार न्यून र मध्यम आय भएका मुलुकहरुमा कम शुल्क र छिटो परीक्षण गरी कोरोना भाइरस संक्रमितको पहिचान गरिने भएको छ । यो परीक्षणका लागि ५ अमेरिकी डलर (५८८ नेपाली रुपैयाँ) लाग्ने र १५ देखि ३० मिनेटमा परीक्षणको नतिजा आउने बताइएको छ ।

कोरियाली कम्पनी एसडी बायोसेन्सरले बनाएको कोभिड-१९ एजी टेस्ट किट तस्बिर : एसडी बायोसेन्सर डट कम

सोमबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लूएचओले दिएको जानकारीअनुसार ६ महिनाभित्र एन्टिजेनमा आधारित १२ करोड ‘ऱ्यापिड डायग्नोस्टिक टेस्ट’ गरिनेछ ।

यो परीक्षण गर्भ परीक्षण जस्तै हुने बताइएको छ । टेस्ट किटमा दुई वटा निलो धर्सा देखिए कोरोना पोजिटिभ भएको मानिने पनि डब्लूएचओले बताएको छ । यो परीक्षण चिकित्सक र प्रयोगशाला कम भएका देशहरुमा प्रभावकारी हुने बताइएको छ ।

परीक्षणका लागि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन र टेस्ट किट उत्पादक कम्पनीहरु एबोट र एसडी बायोसेन्सरसँग सम्झौता भएको छ । सम्झौताअनुसार कम आम्दानी भएका विश्वका १३३ देशहरुमा परीक्षण किट उपलब्ध गराइनेछ । जसमा कोरोना महामारीबाट अतिप्रभावित ल्याटिन अमेरिकी देशहरु पनि रहेका छन् । यसका लागि ग्लोबल फन्डबाट सुरुवाती चरणमा ५० मिलियन अमेरिकी डलर छुट्याइएको छ ।

डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानेमा गेहेब्रेयससले यसलाई कोरोना परीक्षणको कोशेढुंगाका रुपमा लिएका छन् । कोरोना परीक्षण र नतिजा आउनलाई लाग्ने समयले गर्दा कोरोना संक्रमण रोकथाममा चुनौती देखिएको भन्दै अब त्यसलाई न्यूनीकरण गर्न यो सम्झौताले महत्वपूर्ण योगदान पुऱ्याउने उनले बताए ।

‘सजिलै लिएर हिँड्न सकिने र सहज तरिकाको नयाँ परीक्षणको नतिजा १५ देखि ३० मिनेटसम्ममा आउँछ, अब परीक्षणको नतिजाका लागि केही दिन कुर्नपर्ने बाध्यता हट्छ,’ महानिर्देशक टेड्रोसले भने । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का