२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुसे ज्वरोबाट श्रीलंकामा ७० भन्दा बढीको मृत्यु, छ हजारभन्दा बढी सङ्क्रमित

२०७७, १६ आश्विन शुक्रबार १५:५५

असोज १६, कोलम्बो | रासस/सिन्ह्वा| श्रीलङ्कामा सन् २०२० मा मुसे ज्वरोबाट सङ्क्रमित ७० जनाको मृत्यु भएको र करिब छ हजारभन्दा बढी विरामी परेको स्वास्थ्य मन्त्रालय सरुवा रोग नियन्त्रण एकाइले शुक्रबार जानकारी गराएको छ । 

देशको मध्य–दक्षिण क्षेत्र रत्नपुरामा सबैभन्दा बढी बिरामीहरू भेटिएको पनि सरकारी तथ्याङ्कमा उल्लेख छ ।  एकाइका अनुसार बिरामीहरुको सङ्ख्यामा जनवरी, फेब्रुअरी र मेमा वृद्धि भएको देखिएको छ । 

यो वर्ष मुसे ज्वरोको सङ्क्रमण रत्नपुरामा एक हजार ३०० भन्दा बढी बिरामीहरूमा देखिएको छ भने कोलम्बोको बाहिरी भागमा पर्ने कलुतारामा २०० भन्दा बढी बिरामीहरू भेटिएका छन् । त्यस्तै दक्षिणी शहर ग्यालमा पनि २०० भन्दा बढी व्यक्ति उक्त समस्याबाट पीडित भएका छन् । 

सन् २०१९ मा पनि छ हजार २१ व्यक्ति मुसे ज्वरोको समस्याबाट पीडित बनेका थिए । खास गरी किसान, सरसफाईकर्मी र प्रदुशित पानीमा खेल्ने व्यक्ति उक्त ज्वरोका कारण बढी प्रभावित बनेका थिए । 

चिकित्सकहरूका अनुसार मुसे ज्वरो आएका विरामीहरूमा शरीरमा उच्च तापक्रम हुने, चिसो महशुस हुने, मांसपेशी दुख्ने र कमजोर हुने, टाउको दुख्ने पिसाब कम लाग्ने लक्षणहरू पाइने गर्छन् । यो समस्याबारे तत्काल चिकित्सकको परामर्श लिई उपचार सेवा नलिँदा ज्यानै जाने खतरा पनि हुने गर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित