२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानको बेरोजगारी दर अगस्टमा तीन वर्ष यताकै उच्च

१६ आश्विन २०७७, शुक्रबार १५:५८

असोज १६, टोकियो | जापानको बेरोजगारी दर अगस्टमा तीन वर्षपछि पहिलो पटक उच्च देखिएको छ । कोरोनाभाइरसले व्यापारमा प्रतिकूल असर पारेपछि नियन्त्रणका उपाय अवलम्वन गर्दा यहाँको बेरोजगार दरमा वृद्धि देखिएको हो । जापानमा अगस्टमा बेरोजगार दर तीन प्रतिशत पुगेको सरकारद्वारा शुक्रबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

आन्तरिक मामिला र सञ्चार मन्त्रालयका अनुसार देशको बेरोजगारी दर लगातार दोस्रो महिना बढेको छ । जुलाईमा बेरोजगार दर २.९ प्रतिशत रहेकोमा यो अगस्टमा तीन प्रतिशत पुगेको हो । 

तथ्याङ्क विभागका अनुसार सन् २०१७ को मे महिनाको तुलनामा यहाँ बेरोजगार दर ३.१ प्रतिशतले बढेको हो । गत वर्षभन्दा यो वर्ष जापानमा चार लाख ९० हजार बढी व्यक्ति बेरोजगार हुँदा कूल २६ लाख व्यक्ति बेरोजगार बनेका छन् । 

जापानको श्रम मन्त्रालयका अनुसार अगस्टमा रोजगार उपलब्धता दरमा लगातार आठौँ महिना कमी देखिएको छ । जापानमा सन् २०१४ को जनवरीपछि पहिलो पटक यो रफ्तार आएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल