२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रूसमा मेपछि पहिलो पटक करिब १० हजार व्यक्तिमा कोभिड–१९ पुष्टि

२०७७, १७ आश्विन शनिबार १५:१४

असोज १७, काठमाडौँ | रूसले विगत २४ घण्टामा देशभर नौ हजार ८५९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी गराएको छ । गत मे १५पछि शनिबार सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सबैभन्दा बढी भएको कोरोनाभाइरस नियन्त्रण केन्द्रले बताएको छ । 

रूसको सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म कूल १२ लाख चार हजार ५०२ व्यक्ति सङ्क्रमित भएका छन् । रूस कोभिड–१९ बाट विश्वको चौथो बढी सङ्क्रमित मुलुक हो ।

रूसमा शनिबारसम्म २१ हजार २५१ व्यक्तिको मृत्यु भएको छ भने नौ लाख ७५ हजार ८५९ व्यक्ति सङ्क्रमणमुक्त भएका छन् ।

केन्द्रका अनुसार विगत २४ घण्टामा सबैभन्दा बढी प्रभावित मस्को शहरमा दुई लाख ८८४ थप व्यक्ति सङ्क्रमित भएका छन् भने यहाँ कूल सङ्क्रमितको सङ्ख्या तीन लाखभन्दा बढी पुगेको छ ।

शुक्रबारसम्म दुई लाख २६ हजार ४३५ व्यक्ति स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । रूसमा कूल चार करोड ७२ लाख व्यक्तिको कोरोनाभाइरस परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित