२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना संक्रमित ट्रम्प अस्पतालबाट फर्किए, मास्क खोल्दै भने ‘कोरोनाबाट डराउनु पर्दैन !’

२० आश्विन २०७७, मंगलवार ०६:३३

असोज २०, काठमाडौँ | एजेन्सीको सहयोगमा | तीन दिन पहिले कोरोना पोजेटिभ भएका ट्रम्प मेरील्याण्डको वाल्टर रीड मेडिकल सेन्टरमा भर्ना भएका थिए । 

सोमवार राति ट्रम्प व्हाइट हाउस पुगेका छन् । रिपोर्ट्सका अनुसार राष्ट्रपति १५ अक्टोबरमा हुने बहसमा सहभागी हुनसक्नेछन् । 

तीन दिन पहिले कोरोना संक्रमित भेटिएका डोनाल्ड ट्रम्प उपचार पछि सोमवार राति हस्पिटलबाट व्हाइट हाउस फर्किएका हुन् । उनले भने – 'कोरोनाबाट डराउनु पर्ने जरुरी छैन । तर, उनका चिकित्सकले भने कि राष्ट्रपतिलाई उनको स्वास्थ्यमा निकै ख्याल राख्नु पर्नेछ । किनकी, खतरा टरेको छैन । व्हाइट हाउसमा ट्रम्पले मास्क पनि खोले । राष्ट्रपति ट्रम्प सहित १५ अधिकारीहरु र सांसद संक्रमित पाईएको छ ।


केहि संचार माध्यमले ट्रम्पले १५ अक्टोबरमा हुने दोश्रो प्रेसिडेन्शियल डिबेट कार्यक्रममा सहभागी हुनेछन् । तर यस सम्बन्धमा व्हाइट हाउसको तर्फबाट कुनै औपचारिक पुष्टि भएको छैन । उनका पर्सनल डाक्टर सीन कोनले भनेका छन्- 'खतरा अझै टरेको छैन । राष्ट्रपतिले सावधानी हुनु पर्नेछ । उनको उपचार जारी रहनेछ ।' अस्पतालबाट ट्रम्प सूट र मास्क लगाएर निस्केका थिए । उनले मिडियालाई देखेर हात हल्लाएका छन् । संचार माध्यमहरुले टाढाबाट प्रश्न सोध्ने प्रयास गर्दै गर्दा उनले 'धन्यवाद' मात्र भनेका छन् । अस्पतालबाट निस्किएर उनि आफ्नो अफिसिएल हेलिकप्टर मरीन वन मार्फत १० मिनेटमा व्हाइट हाउस पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का