२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वभर कोभिड–१९ बाट दुई करोड ६८ लाखभन्दा बढी सङ्क्रमणमुक्त

२० आश्विन २०७७, मंगलवार १०:५०

असोज २०, पेरिस (रासस/एएफपी) । विश्वभरी फैलिएको कारोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दुई करोड ६८ लाखभन्दा बढी पुगेको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार विश्वभरी कूल दुई करोड ६८ लाख ८९ हजार ७६८ जना कोभिड–१९ बाट सङ्क्रमणमुक्त भएका हुन् । 

विश्वभरी अहिलेसम्म कूल तीन करोड ५७ लाख ३० हजार ९६५ जना सङ्क्रमित भएका छन् । ती मध्ये दश लाख ४६ हजार ४८४ जनाको मृत्यु भएको छ । विश्वमा सबैभन्दा धेरै सङ्क्रमित भएको देश अमेरिकामा रहेको छ । अमेरिकामा अहिलेसम्म ७६ लाख ७९ हजार ९०८ जना सङ्क्रमित भएका छन् भने कोरोनाकै कारण कुल दुई लाख १५ हजार ३९ जनाको मृत्यु भएको छ । 

त्यसैगरी दोस्रो धेरै सङ्क्रमित भारतमा रहेका छन् । जहाँ कुल सङ्क्रमितको सङ्ख्या ६६ लाख ८५ हजार ८२ रहेको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख तीन हजार छ सयको मृत्यु भएको छ ।  तेस्रो धेरै सङ्क्रमित हुनेमा ब्राजिल रहेको छ भने चौथो र पाँचौ धेरै सङ्क्रमितहरु रहेको मुलुकमा रुस र कोलाम्बीया रहेका छन् । 

त्यसैगरी स्पेन, पेरु, अर्जेन्टिना, मेक्सीको र दक्षिण अफ्रिका सङ्क्रमितहरुको संख्याका आधारमा अग्र दशमा पर्ने मुलुक हुन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का