२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा अमेरिकी विशेषदूत र अफगानी राष्ट्रपतिबीच भेटवार्ता

२० आश्विन २०७७, मंगलवार १२:२९

असोज २०, दोहा (रासस–एएनआई) | अफगान शान्तिवार्ता जारी रहेकै अवस्थामा अफगानिस्तानमा हिंसा बढेको भन्दै अमेरिकी विशेषदूत जाल्मे खलिलजाद र अफगान राष्ट्रपति अस्रफ घानी दुबैले चिन्ता व्यक्त गर्नु भएको छ ।

राष्ट्रपति घानीसँग कतारमा भेटवार्ता गरेपछि अमेरिकी विशेषदूत खलिलजादले अमेरिकाले अफगानिस्तानमा भइरहेका हिंसा नियन्त्रणमा ल्याउन तालिबान समूह, सरकार र अन्य पक्षमाथि दबाब दिइरहेको बताउनुभयो । 

उहाँले अफगानिस्तानमा जारी हिंसाका कारण धेरै अफगानीको मृत्यु भइरहेको जनाउँदै स्थायी शान्ति र विस्तृत युद्धबिराम गर्न प्रयास जारी रहेको बताउनुभयो ।   

कतारको भ्रमणमा रहनु भएका अफगानी राष्ट्रपति अस्रफ घानीसँग अमेरिकी विशेषदूत खलिलजाद र अफगानिस्तानका लागि अमेरिकी कमान्डर अस्टिन स्कट मिलरले भेटवार्ता गर्नु भएको थियो । उक्त भेटवार्तामा खलिलजादले अस्रफ घानीलाई अफगानिस्तानको शान्ति प्रक्रिया सम्पन्न गर्न कुनै कसर बाँकी राख्न नहुने बताउनुभएको थियो ।


उहाँले अफगानिस्तानमा शान्ति बहाल गर्न सबै मुलुकहरु खासगरी छिमेकीहरु र मुख्य साझेदारहरुले मिलेर कार्य गर्नुपर्नेमा जोड दिनुभयो । विशेषदूत खलिलजाले ट्वीट गर्दै भन्नुभयो, “कतारको मैत्रीपूर्ण निमन्त्रणमा अफगान राष्ट्रपति हाल कतारमा हुनुहुन्छ । कमान्डर मिलर र मैले अफगानिस्तानको पछिल्लो शान्तिवार्ताका बारेमा छलफल गरेका छौं । हामी दुबैले अफगानिस्तानलाई अमेरिकी सहयोग रहने जानकारी गरायौं । हामीले अफगानिस्तानमा राजनीतिक समाधान हुने र दशकौं लामो युद्ध अन्त्य हुने विश्वास व्यक्त गरेका छौं ।”

विशेषदूत खलिलजादले अफगानिस्तानमा हिंसाका घटना निकै बढ्न थालेका र धेरै मानिसको मृत्यु हुनेक्रम जारी रहेको भन्दै आफूहरुले हिंसालाई काबुमा ल्याउन सम्बद्ध सबै पक्षमाथि दबाब दिइरहेको बताउनुभयो । 

केही महिनाको ढिलाइका बाबजूद अफगान सरकार र तालिबानबीच शान्तिवार्ता गत सेप्टेम्बर १२ देखि कतारको राजधानी दोहामा जारी छ । तर दुबै पक्षबीच वार्ता शुरु भएपनि अफगानिस्तानमा हिंसात्मक घटना जारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का