२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शुक्रबारदेखि दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन

२०७७, २२ आश्विन बिहीबार ०८:२२

सुरज भण्डारी । असोज २२, टेक्सस । गैरआवासीय नेपाली सङ्घको आयोजनामा दोस्रो विश्व ज्ञान सम्मेलन असोज २३ देखि २५ सम्म हुने भएको छ । पहिलो पटक दुई वर्षअघि सङ्घले पहिलो ज्ञान सम्मेलनको आयोजना गरेको थियो । हरेक दुई वर्षको फरकमा ज्ञान सम्मेलन गर्ने सङ्घको पूर्वयोजनाअनुरुप दोस्रो विश्व ज्ञान सम्मेलनको आयोजना गरिएको सङ्घले जनाएको छ ।

कोभिड–१९ महामारीका कारण उत्पन्न जटिल परिस्थितिलाई मध्यनजर गर्दै अनलाइन प्रविधिका माध्यमबाट विश्व ज्ञान सम्मेलन गर्न लागिएको सङ्घले जानकारी दिएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गर्नुहुने सङ्घले जनाएको छ । 

सङ्घका अनुसार सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित नेपाल सरकारका उच्च अधिकारी र नेपाल तथा नेपाल बाहिर रहनुभएको विज्ञको सहभागिता रहनेछ । सम्मेलनका निम्ति आवश्यक सम्पूर्ण तयारी पूरा भएको सङ्घका महासचिव एवं सम्मेलन संयोजक डा हेमराज शर्माले जानकारी दिनुभयो । 

सो अवसरमा सङ्घका अध्यक्ष कुमार पन्तले नेपालको विकास र समृद्धिका सहयात्रीका रुपमा गैरआवासीय नेपाली रहेको बताउनुहुँदै विदेशमा आर्जन गरेको ज्ञान, सीप, क्षमता र अनुभवलाई नेपालसँग जोड्नका लागि सम्मेलन उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । पच्चीसभन्दा बढी देशका १०० भन्दाबढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रबाट ३०० भन्दाबढी प्रस्तोताको सहभागिता रहने विज्ञ सम्मेलनमा चार वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र सञ्चालन हुन सङ्घका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिनुभयो । 

सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत गरिनेछन् । सङ्घका अनुसार सम्मेलन विशेषतः कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम तथा नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा केन्द्रित हुनेछ । साथै संयुक्त राष्ट्रसङ्घको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५औँ पञ्चवर्षीय योजनाका विषयमा विज्ञले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

गैर आवासीय नेपाली सङ्घको मुख्य आयोजना र नेपाल सरकारको सहआयोजनामा हुने सम्मेलनमा काठमाडौँ विश्वविद्यालयको सहकार्य रहनेछ । परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय अनुसन्धान केन्द्र एवं निजी क्षेत्रको महत्वपूर्ण सहयोग तथा सहभागिता रहेको सम्मेलनमा मन्त्री, योजना आयोगका उपाध्यक्ष एवं सदस्य, सांसद, सचिव, विभिन्न सरकारी तथा गैरसरकारी निकायका अधिकारी, गैरआवासीय नेपाली विज्ञ, नेपालमा रहनुभएका विज्ञ र नेपालसँग जोडिएका विदेशी विज्ञ सहभागी हुनुहुने सङ्घका महासचिव शर्माले बताउनुभयो ।

सङ्घका अनुसार सम्मेलनको पहिलो दिन विभिन्न सत्रमा कृषि र खाद्य सुरक्षा, प्रविधिमैत्री र स्टार्ट अप कम्पनी, भौतिक पूर्वाधार विकास, कोरोना महामारीको कहर र सार्वजनिक स्वास्थ्य, व्यावसायिक शिक्षा, अनुसन्धान, प्रविधि तथा बजारीकरणका बारेमा कार्यपत्र प्रस्तुत हुनेछन् । 

यस्तै नेपाललाई उपयुक्त हुने नयाँ प्रविधिको सम्भावना र यस क्षेत्रमा लगानीका साथै नेपालको विकास नीति निर्माणमा डायस्पोराको कस्तो भूमिका हुन्छ भन्ने विषयमा छलफल केन्द्रित गरिनेछ । सम्मेलनको दोस्रो दिन महामारी तथा प्राकृतिक प्रकोप सङ्कट व्यवस्थापन, विज्ञान तथा प्रविधि नीति तथा नेपाली अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव र पुनरुत्थानलगायतका सत्र समावेश गरिएका छन् । 

यस्तै तेस्रो दिन जीवन र स्वास्थ्य विज्ञान, ऊर्जा, आर्थिक रुपान्तरण, सूचना तथा सञ्चार प्रविधि, वातावरण र समाज विज्ञानलगायतका समानान्तरसत्रमा विभिन्न विज्ञले आआफ्नो कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । ती कार्यपत्रमाथि सम्बन्धित विषयका विज्ञले छलफल गर्नुहुनेछ । साथै सम्मेलनको समीक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गर्ने तथा सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञबीच पनि छलफल र परामर्श हुने र सम्मेलनको निष्कर्षलाई एक श्वेतपत्रमार्फत नेपाल सरकारसमक्ष सुझावका रुपमा प्रस्तुत गरिन सङ्घले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह